back
CTIZAN AD

फिलिपिन्सका कम्युनिष्ट विद्रोहीसँगको सरकारी वार्ताटोली भङ्ग

वि.सं.२०७५ चैत ७ बिहीवार

588 

shares

७ चैत, मनिला ।  फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स सरकारले त्यहाँका विद्रोही कम्युनिष्ट गुरिल्लासँग वार्ता गर्न लागि भनेर गठन गरेको सरकारी तर्फको वार्ता टोली भङ्ग गरेको छ ।

राष्ट्रपति डुटेर्तेको कार्यालयले जनाएअनुसार सो वार्ता टोली गत मङ्गलबार भङ्ग गरिएको हो ।

फिलिपिन्सका श्रमसम्बन्धी सचिवको नेतृत्वमा रहेको सो वार्ता टोलीलाई भङ्ग गरिएको जानकारी राष्ट्रपतिको कार्यालयले दिएको समाचारमा जनाइएको छ । सो वार्ता समिति चार सदस्यीय रहेको थियो ।

राष्ट्रपति डुटेर्तेले यहाँका कम्युनिष्ट विद्रोहीसँगको वार्ता पनि यसअघि नै भङ्ग गरिसक्नुभएको थियो । त्यसैले सो समिति भङ्ग भएको जानकारी दिइएको समाचारमा जनाइएको छ ।

उनले सन् २०१७ को नोभेम्बरमा यहाँका विद्रोहीसँगको वार्ता एकतर्फी रुपमा सरकारले भंग गरेको जानकारी दिएका थिए ।

राष्ट्रपति डुटेर्तेले सन् २०१७को नोेभेम्बरमा सरकारको तर्फबाट त्यहाँका कम्युनिष्ट विद्रोहीसँगको शान्तिवार्ता स्थगित गरेको जानकारी दिएका थिए ।

यहाँका विद्रोहीले शान्ति वार्ताका लागि इमान्दारिता नदेखाएका र उनीहरुका व्यवहारबाट सरकार सन्तुष्ट हुन नसकेकोले आफ्ना तर्फबाट यो वार्ता नगर्ने भनी सरकारले घोषणा गरेको थियो ।

त्यसपछि पनि सरकारीतर्फको शान्ति वार्ता टोली रहेकोमा यसलाई अहिले आएर भंङ्ग गरिएको हो ।
सरकारले शान्ति वार्ताका लागि जोड दिएको भए पनि कम्युनिष्ट विद्रोहीले भने हिंसात्मक आक्रमण गर्ने गरेकोले सरकारी उनीहरुसँग बसेर शान्ति वार्ता गर्न नसक्ने भन्दै सरकारले सो वार्ता सन् २०१७ को नोभेम्बरदेखि नै रोकेको थियो ।

यहाँका कम्युनिष्ट विद्रोहीले सन् १९६९ देखि फिलिपिन्सको सरकार फाल्न भन्दै हिंसात्मक आन्दोलन थालेका थिए ।

उनीहरुको हिंसा सन् १९८० को दशकमा आएर निकै बढेको थियो । त्यस समयमा नै यहाँका हजारौँ नागरिकले हिंसामा परी ज्यान गुमाएका थिए ।

यहाँको सरकारले यो विद्रोहलाई दबाउनका लागि समय समयमा सैनिक शासन पनि लगाउँदै आएको छ ।

फिलिपिन्सको सेनाले दिएको जानकारीअनुसार यहाँको यस कम्युनिष्ट विद्रोही समूहका लडाकू गुरिल्लाहरु सन् १९८० मा २६ हजार जना रहेका बताइएको थियो ।

अहिले सो सङ्ख्यामा कमी आएको यहाँको सेनाले जनाएको छ । सेनाको तथ्यांकअनुसार हाल यहाँका गुरिल्ला चार हजारको संख्यामा मात्र सीमित रहेका छन् ।

यो सङ्ख्यालाई पनि यहाँको सेनाले भने राष्ट्रिय सुरक्षाका लागि चुनौतीका रुपमा नै लिएको बताइन्छ ।

वि.सं.२०७५ चैत ७ बिहीवार १८:०३ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...