back
CTIZAN AD

व्यापार वार्ताका लागि अमेरिकी प्रतिनिधि चीन जाँदै

वि.सं.२०७५ चैत ७ बिहीवार

654 

shares

७ चैत, बेइजिङ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभन मनचिन दुई दिने व्यापार वार्ताका लागि आगामी मार्च २८ मा चीन आइपुग्ने चिनीया वाणिज्य मन्त्रालयले जनाएको छ । दुबै देशबीच उत्पन्न व्यापारिक तनाव सुल्झाउन सम्झौता गर्नेगरी प्रयास भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता गाओ फेङले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी प्रतिनिधिहरु फर्किएलगत्तै अप्रिलमा चिनीया उपप्रधानमन्त्री लिऊ हे व्यापार वार्ताका लागि अमेरिका जानुहुने जानकारी दिए ।

वासिङ्टन र बेइजिङले व्यापार सम्झौतालाई अन्तिम स्वरुप दिन सङ्घर्ष गरिरहेका छन् । अमेरिकी प्रतिनिधिले चिनियाँ औद्योगिक नीतिमा व्यापक फेरबदल हुनुपर्ने माग गरिरहेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पनि अमेरिकी करवृद्धिलाई अझै निरन्तरता दिइरहने बताउनुभएको छ । चीनले व्यापार वार्तामा प्रगति भएसँगै जतिसक्दो चाँडो अमेरिकी करवृद्धि फुकुवा हुने अपेक्षा गरेको थियो ।

विगत आठ महिनादेखि संयुक्तराज्य अमेरिका र चीनले एकअर्काका करिब तीन खर्ब ६० अर्ब अमेरिकी डलर बराबरका सामानमाथि करवृद्धि गरेका छन् । यस करवृद्धिले दुबै मुलुकको उत्पादन क्षेत्रमा नकारात्मक असर परेको छ ।

शुक्रबार मात्र चीनको जनकङ्ग्रेसले बौद्धिक सम्पत्तिको संरक्षणलाई विशेष प्राथमिकता दिनेगरी नयाँ वैदेशिक लगानी कानुन पारित गरेको थियो । चीनको उक्त कानुनका बारेमा अध्ययन भइरहेको छ

वि.सं.२०७५ चैत ७ बिहीवार १७:५८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...