back
CTIZAN AD

श्रीमान्लाई बन्ध्याकरण गर्न किन दिदैंनन् यहाँका महिलाहरु ?

वि.सं.२०७५ चैत ९ शनिवार

873 

shares

९ चैत, डोटी । बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमान्सँगै वडा नं २ खड्यौली पुगिन् । उनी स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुगेकी थिइन् । उनका श्रीमान्ले आफू स्थायी बन्ध्याकरण गर्न जिद्धी गर्दै थिए तर कल्पनाका अगाडि उनको जिद्धीले काम गरेन ।

कल्पनालाई स्वास्थ्यकर्मीले पनि सम्झाउन खोजे तर उनले कसैले भनेको न मानिनन् । अन्ततः उनले श्रीमान्को बन्ध्याकरणको साटो आफ्नै मिनिल्याप गराए । श्रीमान्को स्थायी बन्ध्याकरण गरे कमजोर हुन्छ भन्ने विश्वासका कारण यहाँका महिला आफ्ना श्रीमान्को बन्ध्याकरण गराउनुको साटो आफ्नो गर्ने गरेको जोरायल गाउँपालिका–३ का प्रकाश साउदले बताए ।

कल्पना त एकपात्र मात्र हुन यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिलाले आफ्ना श्रीमान्लाई स्थायी बन्ध्याकरण गर्न नदिने गरेको पाइएको छ । त्यस्तै जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा पनि महिलाले आफ्ना श्रीमान्लाई स्थायी बन्ध्याकरण गर्न नदिई बरु आफ्नै मिनिल्याप गर्ने गरेको जिल्ला अस्पतालका डाक्टर गिरिश अवस्थीले बताए । “हामीले सञ्चालन गरेका कतिपए भ्याक्सेटोमी क्याम्पमा श्रीमतीले नै श्रीमान्को बन्ध्याकरण गर्न नदिने र आफ्नो गराउने गरेका छन्”, उनले भने, “किन महिलाले यसो गरेका होलान् म त अचम्मित छुँ ।”

नेपाल सरकारको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयका साथै स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा नेपाल परिवार नियोजन सङ्घले जिल्लाका १६ स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउने २१६ मध्ये १६७ महिला छन् । यो सङ्ख्या सेवा लिने कूल सङ्ख्याको ७७ प्रतिशत हुन आउँछ । प्रत्येक स्थानीय तहमा दुई दिन गरी १८ दिनसम्म सञ्चालन भएको उक्त शिविरमा सबैभन्दा बढी आदर्श गाउँपालिकामा ५१ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् । उक्त गाउँपालिकामा जम्मा ६० ले मात्रै उक्त सेवा लिएका थिए ।

त्यस्तै सायल गाउँपालिकामा २२ मध्ये १९ महिला, दिपायल सिलगढी नगरपालिकामा ३० मध्ये २२ महिला, केआइसिंह गाउँपालिकामा ११ मध्ये नौ महिला र शिखर नगरपालिकामा १० मध्ये छ महिलाले स्थायी बन्ध्याकरण गराएको नेपाल परिवार नियोजन सङ्घका प्रमुख चेतराज फुलाराले बताए । स्थायी बन्ध्याकरण सुविधा लिनेमा पूर्वीचौकी गाउँपालिकामा २६ मध्ये २५ महिला, जोरायल गाउँपालिकामा १७ मध्ये १२ महिला र बडीकेदार गाउँपालिकामा २५ मध्ये १७ महिला छन् ।

बोगटान गाउँपालिकामा भने पुरुषको सङ्ख्या बढी देखिएको छ । यस गाउँपालिकामा बन्ध्याकरण सेवा लिने १५ मध्ये नौ पुरुष रहेका छन् । पुरुषले बन्ध्याकरण गरे यौन क्षमतामा पनि ह्रास आउने भ्रम महिलामा परेको र यसले गर्दा उनीहरुले श्रीमान्लाई बन्ध्याकरण गर्नबाट रोक्ने गरेको आफूले बुझेको फुलाराले बताए ।

पुरुषले बन्ध्याकरण गर्दा शारीरिक रुपमा कमजोरी नहुने जिल्ला अस्पतालका डाक्टर अवस्थीले बताए । उनले भने, “बन्ध्याकरण गरेकालाई सामान्य ढाड दुख्ने समस्या हुनसक्ने तर अन्य कुनै समस्या हँुदैन ।” डोटीका महिला श्रीमान्माथि बढी निर्भर भएका कारण श्रीमान्लाई केही भई पो हाल्छ की भनेर बन्ध्याकरण गर्न नदिने गरेको डाक्टर अवस्थीको अनुमान छ ।

वि.सं.२०७५ चैत ९ शनिवार १२:३४ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...