back
CTIZAN AD

संस्कृतिको विकास विना बन्दैन समृद्ध नेपाल : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी

वि.सं.२०७५ चैत १० आइतवार

618 

shares

१० चैत, काठमाडौ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सभ्य, सुसंस्कृत समाज र संस्कृतिको विकास विना नेपाल समृद्ध बन्न नसक्ने बताएका छन् ।

काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पुर्खाले बनाएको सुनको झ्याल, ढोका, धारा, मन्दिरलगायत सांस्कृतिक सम्पदाको संरक्षण गरेर पर्यटक आगमन वृद्धि गर्न सकेमात्र नेपाल समृद्ध बन्ने भएकाले सरकारको ध्यान त्यसतर्फ जानुपर्ने बताए ।

“मुलुक गरीब भए पनि हाम्रा पुर्खाले सुनैसुनको मन्दिर, झ्याल, ढोका, धारा लगायत संरचना बनाएका थिए, तिनको संरक्षण पनि हामीले गर्न सकेका छैनौँ, यसतर्फ हाम्रो ध्यान जान सकेको छैन, पाटनमा रहेको सुनको चरा, सर्पलगायत सांस्कृतिक सम्पदामा ठूलो दर्शन भए पनि त्यसको अध्ययन अनुसन्धानमा नयाँ पुस्ताको ध्यान जान सकेन”, संस्कृतिविद् जोशीले भनेका थिए ।

सुनका ऐतिहासिक सम्पदा बनाउन ३२ कोठी महाजन अर्थात व्यापारीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले वार्षिक ४० लाख युवा रोजगारीका लागि विदेशिने गरेकाले कला संस्कृतिको संरक्षण गरी रोजगारी सिर्जना गर्न प्रदेशसभाले प्राविधिक शिक्षा ऐन पारित गरेको बताए ।

व्यक्तिविशेषको चाकडी नगरी विधिअनुसार सबै नागरिकले रोजगारी पाउने गरी प्रदेशसभाले ९९ ऐन पारित गरेको उनले बताए । सुनचाँदी रत्न आभूषण महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य, आयोजक संघका अध्यक्ष महेन्दरत्न शाक्य, सदस्य देव बज्राचार्य लगायतले सुनचाँदी व्यवसायलाई मर्यादित बनाउन आह्वान गरेका थिए ।

वि.सं.२०७५ चैत १० आइतवार ०९:३२ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...