back
CTIZAN AD

सिरियामा आईएस पूर्णरूपमा पराजित

वि.सं.२०७५ चैत १० आइतवार

813 

shares

१० चैत, बागुज, सिरिया ।  इस्लामिक स्टेट (आईएस) जिहादी समूहले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले बताएको छ ।

आईएसलाई पराजित गरेसँगै सिरियाली कुर्द टेलिभिजनले अमेरिका समर्थित फौजले आईएसबाट जफत् गरेको भवनको माथि पहेँलो झण्डा फहराइरहेको देखाएको छ । योसँगै आईएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था ‘क्यालिफेट’को अन्त्य भएको एसडीएफले जनाएको छ ।

एसडीएफ प्रवक्ता किनो गाब्रियलले भने, “सिरियाबाट आईएस पूर्णरूपमा पराजित भएको छ ।”

उनले भने, “एसडीएफसँगको युद्धमा बागुजमा शुरूदेखि अन्तिमसम्म जम्मा एक हजार ६०० आईएस नेता तथा लडाकू मारिएका छन् भने २५ हजार एसडीएफको कब्जामा आएका छन् ।” यसैगरी आईएसको आक्रमणमा परी आफ्नोतर्फ मात्रै ८२ जना एसडीएफ लडाकू मारिएका र ६१ जना घाइते भएको बताइएको छ ।

आईएसविरूद्धको अन्तिम लडाइँ उसको नियन्त्रणमा रहेको बागुज इलाकालाई लक्षित गरी मार्चको शुरूमा आक्रमण थालिएको उहाँले बताउनुभयो । गाब्रियलले भन्नुभयो, “उक्त क्षेत्रमा धेरै सङ्ख्यामा सर्वसाधारण पनि भवन, सुरुङ र टेण्टहरूमा रहेको कुरा बाहिर आएपछि गठबन्धन आफ्ना कारबाहीहरू मत्थर पार्न बाध्य भएको थियो ।”

“तथाकथित क्यालिफेट पूर्णरूपमा अन्त्य भएको र आईएस समूह १०० प्रतिशत पराजित भएकोे छ,“ एसडीएफ सञ्चार प्रमुख मुस्तफा बालीले ट्वीटमार्फत जानकारी गराएका छन् । “यो अनुपम दिनमा हामी यो जित सम्भव पार्न प्रयास गर्ने हजारौँ शहीदहरूलाई श्रद्धाञ्जलि दिन चाहन्छौँ ।“

सन् २००३ मा अमेरिकी नेतृत्वले इराकमा गरेको आक्रमणपछि इराकमा अल–कायदाबाट छुट्टिएर आईएस बनेको थियो । उक्त समूह सन् २०११ मा सिरियाका राष्ट्रपति बसर अल–असदविरुद्धको विद्रोही समूहसँग संलग्न भएको थियो ।

सन् २०१४ सम्ममा उसले दुवै देशको ठूलो भूभाग कब्जा गरी आईएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था “क्यालिफेट“ को घोषणा गरेको थियो ।

इराकी सरकारले सन् २०१७ मा नै आईएस लडाकुविरुद्ध जीतको घोषणा गरिसकेको थियो ।

तर उक्त समूह पूरै निमिट्यान्न भएको छैन । अमेरिकी अधिकारीहरूका अनुसार आईएससँग १५ हजारदेखि २० हजारसम्म हतियारसहितका समर्थक अझै बाँकी रहेका छन् । तर तीमध्ये अधिकाँश लामो समयदेखि निष्कृय रहिआएका छन् । यद्यपि उनीहरूले आईएसको सहयोगका लागि गोप्यरूपमा काम गर्दै आएको हुनसक्ने एसडीएफको अनुमान छ । उनीहरू आफ्नो आधार क्षेत्र पुनः निर्माण गर्ने प्रयासमा ती इलाकामा फेरि फर्किने अमेरिकी अधिकारीहरूको बुझाइ छ ।

बगुजमा हार सन्निकट भए पनि आईएसले आफ्ना प्रवक्ता अबु हसन अल मुहाजिरको आवाज भएको भनिएको एउटा श्रव्य सामग्री सार्वजनिक गरेको छ । उक्त श्रव्य सामग्रीमा क्यालिफेट अन्त्य नभएको दाबी गरिएको छ ।

वि.सं.२०७५ चैत १० आइतवार ०९:५५ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...