back
CTIZAN AD

विभिन्न देशका मुद्रा सहित उपत्यकाबाट १६ जुवाडे पक्राउ

वि.सं.२०७५ चैत १० आइतवार

855 

shares

१० चैत, काठमाडौं । काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध फुलबारी टोलबाट ७ जना, सोही महानगरपालिका–१४ बल्खुबाट ५ जना र भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ राधेराधेबाट ४ जना गरी १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं बौद्ध फुलबारी टोल डेरा गरी बस्ने तेन्जिङ शेर्पाको डेराकोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले अवैध रुपमा मज्याङ तथा जुवातास खेलिरहेको अवस्थामा आरुबारी बस्ने ६६ वर्षीय तासी छाप्टेल लामा समेत ७ जनालाई शनिबार साँझ पक्राउ गरेको हो । उनीहरुबाट नगद २ लाख ९८ हजार रुपैयाँ, युरो २ सय ५०, चाइनिज युआन १ हजार १ सय ५२, भारतीय रुपैँया १ हजार १ सय १०, भुटानी मुद्रा १ सय ६६, कोरियन मुद्रा १ हजार, मलेसियन मुद्रा ३, इङ्गल्याण्ड पाउण्ड १०, सिंगापुर डलर ४, मज्याङ खेल्न प्रयोग हुने गोटी १ हजार ४६ वटा, कौडा ६४ थान, तास १७ बुक र जुवातास खेल्न प्रयोग हुने अन्य सामान प्रहरीले बरामद गरेको छ ।

यसैगरी काठमाडौं वल्खुस्थित जमुना थापाको घरमा जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बल्खु बस्ने नुवाकोट बेलकोटगढी९५ का २९ वर्षीय हर्कबहादुर गुम्बा समेत ५ जनालाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख २५ हजार ७ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार साँझ पक्राउ गरेको छ ।

यसैगरी भक्तपुर मध्यपुर ठिमी नगरपालिका९४ राधेराधे बस्ने ३४ वर्षीय राजन भासिमाको कक्टेल नेवारी खाजा घरमा जुवातास खेलीरहेको अवस्थामा राजन समेत ४ जनालाई नगद १ लाख ७५ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरीले शनिबार दिउसो पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान बताएको छ ।

वि.सं.२०७५ चैत १० आइतवार १५:३८ मा प्रकाशित

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी...

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...