
११ चैत, काठमाडौं । सरकारले नेत्र विक्रम चन्द विप्लव समूहलाई चन्दा दिने वा अन्य सहयोग गर्ने जो कोहीलाई पनि कारबाहरी गरिने बताएको छ ।
यता विप्लव समूहले स्थानीय सकारकारका प्रतिनिधिहरुसँग १० लाख देखि ५० ला सम्म चन्दा माग गरिरहेका बेला सरकारले भने चन्दा दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
विप्लव समूहबाट सञ्चालित अपराधिक तथा विध्वंशात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग र्पुयाउने व्यक्ति, संस्था र त्यस्ता कार्य गर्ने अन्य समूहलाई समेत प्रचलित कानुन अनुसार कारबाही हुने हुँदा त्यस्ता समूहलाई कुनै किसीमको आर्थिक, भौतिक सहयोग नगर्न एवम् त्रास धम्की, प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने\धम्की दिने कार्य भए गरेमा सो सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिनुहुन अनुरोध छ ।’ आइतबार गृहमन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले कोही कसै त्यस्ता समूहलाई आर्थिक तथा अन्य सहयोग गरेको पाइएमा त्यस्तो सहयोग लिने र दिने वा अन्य किसिमको सहयोग गर्ने गराउने समेतलाई प्रचलित कानून बमोजिक कारबाही गर्ने पनि जनाएको छ ।
वि.सं.२०७५ चैत ११ सोमवार ०७:२८ मा प्रकाशित






























