
११ चैत, ओस्लो । नर्वेको तटीय इलाकामा डुब्न लागेको एक यात्रुवाहक पानीजहाज १३ सयभन्दा बढी र चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको छ । खराब मौसम र इन्जिनमा समस्या आएपछि समुन्द्मा पल्टिन लागेको पानीजहाजबाट यात्रु र चालक दलका सदस्यको उद्धार गरिएको हो । पानीजहाजमा सवार व्यक्तिका अनुसार सो जहाज समुन्द्रमा ढलपल गरेको र मस्किलले डुब्नबाट जोगिएको थियो । नर्वेका उद्धारकर्मीले तत्कालै हेलीकोप्टर र अन्य जहाजको सहायताबाट उद्धार गरेका थिए ।
भाइकिङ स्काई कम्पनीको सो पानीजहाजमा विद्युत आपुर्ति बन्द भएको थियो । जहाज नर्वेको उत्तरी ट्रोम्सोबाट ओस्लोतर्फ जाँदै थियो । मोर ओग रोम्सडालबाट करिब दुई किलोमिटर अगाडि बढ्नासाथ इन्जिनमा समस्या आएको चालक दलका क्याप्टेनले सुचना पठाएका थिए ।
विषय मौसमी अवस्थाका बाबजुद उद्धारकर्मी हेलाीकोप्टरको प्रयोग गर्ने निष्कर्षमा पुगेका थिए । सोमबारको नयाँ पत्रिका दैनिक बाट ।
वि.सं.२०७५ चैत ११ सोमवार ०७:२६ मा प्रकाशित






























