back
CTIZAN AD

‘ट्रम्पको अभियान र रुसबीच साठगाँठ पुष्टि नभएको’ म्युलर प्रतिवेदनको निष्कर्ष

वि.सं.२०७५ चैत ११ सोमवार

690 

shares

११ चैत, वासिङटन, संयुक्त राज्य अमेरिका । महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि तयार पारेका सारांशमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख गरिएको बताइएको छ ।

गत राष्ट्रपतीय निर्वाचन अभियानसँग सम्बन्धित विवादबारे छानबिन गरेका अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले कङ्ग्रेसमा बुझाएको प्रतिवेदनको सारांशमा ट्रम्पले न्याय निरूपणमा अवरोध नगरेको भनेर निष्कर्ष निकालिएको छैन । अर्थात् सो आरोपमा ट्रम्पलाई सफाइ भने मिलेको छैन ।

दुई वर्षको यस अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्पका थुप्रै पूर्वसहयोगीहरूलाई मुद्दा चलाइयो । केहीलाई जेल पनि पठाइएको थियो ।

यसैबीच प्रतिवेदनबारे ट्रम्पले ट्विटरमा आफूले सफाइ पाएको दाबी गरेका छन् । उनले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, “यो लाजको विषय हो कि देश यस्तो प्रक्रियामा जानुप¥यो। साँच्चै भन्नुपर्दा जसरी तपाईंहरूका राष्ट्रपतिले चुनाव जित्नुअगावै यसरी अगाडि बढ्नुपरेको यो लज्जाको विषय हो ।”

“कसैले गैरकानुनी तरिकाबाट अगाडि बढेको यसको अर्को पक्षलाई पनि खोज्नु जरूरी छ । यो मानमर्दनको गैरकानुनी प्रयास थियो, अन्ततः असफल सिद्ध भयो ।”

बारले तयार पारेको सारांशपत्रमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी प्रभावबारे म्युलरले गरेको अनुसन्धानबाट थाहा भएका तथ्यहरूको सारांश छ ।

बारले संसदलाई लेखेको पत्रमा भनेका छन्, “विशेष अनुसन्धानकर्ताले कुनै अमेरिकी नागरिक वा ट्रम्प अभियानका अधिकारीले रुससँग मिलेर षड्यन्त्र गरेको वा नियतवश सहकार्य गरेको तथ्य भेटिएन ।

विशेष अनुसन्धानकर्ताको प्रतिवेदनमा ‘अन्ततः परम्परागत अभियोजनात्मक निर्णय’ भने दिइएको छैन ।

“तसर्थ विशेष अनुसन्धानकर्ताले छानबिन गरिएको आचार अवरोध हो कि हैन भनेर कुनै निष्कर्ष निकालेका छैनन्,” पत्रमा भनिएको छ । यसबाट ट्रम्पले न्यायमा अवरोध पु¥याउने अपराध गरेको भन्ने प्रमाणित हुन नसक्ने बारले दाबी गरेको छ ।

कङ्ग्रेसलाई पठाएको पत्रमा बारले प्रतिवेदनका अन्य कुरा पनि सार्वजनिक गर्ने तर केही सामग्री भने सार्वजनिक गर्न नमिल्ने उल्लेख गरेका छन् ।

डेमोक्रेटिक पार्टीका संसद सदस्य जेरी न्याड्लरले महान्याधिवक्ताले ट्रम्पले न्यायमा अवरोध गरेको हुन सक्ने सम्भावनालाई खण्डन नगरेको टिप्पणी गरेको छ भने सोही दलका सिनेटर रिचर्ड ब्लुमेन्थलका अनुसार मुद्दा चलाउनेगरी आपराधिक षड्यन्त्र गरेको प्रमाण नभए पनि ट्रम्पबारे प्रश्नहरू यथावत् रहेका छन् ।

सभामुख न्यान्सी पलोसी र सिनेटर चक शुमरले संयुक्त विज्ञप्तिमार्फत् ’महान्यायाधिवक्ता बारले सारांशपत्र पठाएर जवाफ दिइरहँदा त्यसले थुप्रै प्रश्न उठाएको’ भन्दै पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले प्रतिवेदनले राष्ट्रपतिलाई पूर्णतः सफाइ दिएको दाबी गरेकी छन् । प्रतिवेदनबाट डेमोक्रेट्स निराश बनेका छन् भने राष्ट्रपतिसहित रिपब्लिकन नेता तथा उनका शुभेच्छुक उत्साहित देखिएका छन् ।

प्रतिवेदनको निष्कर्षले अमेरिकी निर्वाचनमा पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने ट्रम्पको योजनामा काफी राहत हुने अनुमान गरिएको छ ।

वि.सं.२०७५ चैत ११ सोमवार १७:३९ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...