back
CTIZAN AD

उत्तर कोरियाली कर्मचारी सम्पर्क कार्यालयमा पुनः हाजिर

वि.सं.२०७५ चैत ११ सोमवार

741 

shares

 

११ चैत, सियोल, दक्षिण कोरिया ।  उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनःफिर्ता पठाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनामको हनोईमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि उत्तर कोरिया र अमेरिकाबीच अन्यौल बढिरहेका समय गत हप्ता प्योङयाङले एक तर्फीरूपमा आफ्ना कर्मचारीलाई उक्त कार्यालयबाट फिर्ता बोलाएको थियो ।

कर्मचारी फिर्ता बोलाएको केही दिनमै उत्तर कोरियाले आफ्ना केही कर्मचारीलाई सम्पर्क कार्यालयमा फिर्ता पठाउनुले उत्तर कोरिया अझै पनि छलफल र वार्ताका लागि तयार रहेको पुष्टि गर्ने प्रयास प्योङयाङको रहेको देखिएको छ ।

“केही उत्तर कोरियाली कर्मचारी दक्षिण–उत्तर संयुक्त सम्पर्क कार्यालयमा सोमबारदेखि फर्केका छन्,” पछिल्लो गतिविधिबारे जानकारी गराउँदै दक्षिण कोरियाली एकीकरण मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई कोरियाबीचको सम्बन्धमा केही सुधार आएपछि यसलाई दीर्घरूप दिन र कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्न कोरियाली सीमा क्षेत्रस्थित उत्तरी शहर केसङमा गत बर्षको सेप्टेम्बरमा स्थापना गरिएको थियो ।

उत्तर कोरियाले कर्मचारी फिर्ता बोलाउनुको कारणबारे कुनै औपचारिक धारणा सार्वजनिक नगर्दै उसले कर्मचारीलाई पुनः फिर्ता पठाउने निर्णय गरेको हो ।

 

वि.सं.२०७५ चैत ११ सोमवार १७:४१ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...