
१२ चैत, काठमाडौं । मोरङ, कञ्चनपुर, नवलपरासी(पश्चिम) र पाल्पामा गरेर सोमबार ४ जना मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा मोरङ, कानेपोखरी–५ राधाकृष्ण टोलस्थित महाराजथान पैनीमा विराटनगर महानगरपालिका–५ जामुन गाछी बस्ने ४२ वर्षीय प्रलाद कोईराला सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
कञ्चनपुर, भिमदत्त नगरपालिका–३ ब्रह्रमदेव राजमार्गस्थित नालामा हाल नाम, थर, वतन नखुलेका करिब ६१ वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
स्तै नवलपरासी –पश्चिम), प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थित भारतीय गण्डक नहरको पानीमा नवलपरासी (पूर्ब) बिनय त्रिबेणी गाउँपालिका–७ साईफन टोल बस्ने ३२ वर्षीय भोला मुसहर सोमबार दिउसो मृत अवस्थामा फेला परेका हुन् ।
पाल्पा, निस्दी गाउँपालिका–६ धोबला टोल थुम्साडाँडा बस्ने ६५ वर्षीया बिसना खनगाहा सोही गाउँपालिका टयङसिहंखोलास्थित बाटो देखि करिब २ सय मिटर तल लडेर मृत्यु भएको अवस्थामा आइतबार दिउसो फेला परेकी छन् । सोही ठाउँस्थित अधामारा टोलबाट फर्कने क्रममा समयमा घर नपुगेपछि खोजी गर्दा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले जनाएका छन् ।
वि.सं.२०७५ चैत १२ मंगलवार ०७:१९ मा प्रकाशित






























