
१२ चैत, कञ्चनपुर । निर्मला हत्याप्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसी सोमबार स्वयं कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका छन् ।
अदालतमा उपस्थित जिसीलाई कञ्चनपुर प्रहरीले हिरासतमा राखेको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताएका छन् । ‘अदालतले पटठाएकाले जिसीलाई हिरासतमा राखेका छौं,’ उनले भने ।
अदालतमा सोमबार उनको बयान लिन सुरु गरि पनि नसकिएकाले मंगलबार पनि लिइने कञ्चनपुर अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थिले बताए । अदालथका न्यायधिश डा. राजेन्द्र कुमार आचार्यको इजालसमा उनको बयान लिइएको हो । बहसपछि अदालतले सामान्य तारेखमा छाड्ने या धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा राख्ने भन्ने आदेश निदेछ ।
मंगलबारको नागरिक दैनिकमा कञ्चनपुरबाट दिलबहादुर छन्त्यालले लेखेका छन् ।
वि.सं.२०७५ चैत १२ मंगलवार ०७:०९ मा प्रकाशित






























