१२ चैत्र, काठमाडौँ । उदयपुरमा पहिलोपटक वैवाहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले तीन वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीस तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आइतबार ४५ वर्षीय एक पुरुषलाइै कैद सजाय सुनाएको हो । ३८ वर्षीय पत्नीलाई इच्छाविपरीत करणी गरेको कसुर ठहर गर्दै अदालतले यस्तो फैसला सनुाएको हो ।
अदालतले अभियुक्तलाई सात वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ । मुलुकी ऐन जर्बजस्ती करणीको महल ३(६), मुलुकी अपराधन ऐन २०७४ को दफा २१९ को उपदफा(४) मा व्यवस्था भएबमोजिम तीन वर्ष कैद सजाय सुनाइएको जिल्ला अदालत उदयपुरले जनाएको छ । ऐनमा यस्तो प्रकृतिको मुद्दामा पाँच वर्षसम्म कैद गर्ने व्यवस्था छ । शारीरिक अवस्था कमजोर रहँदासमेत २१ साउन २०७५ मा कसुरदारले इच्छाविपरीत बलजफती पटकपटक करणी गरेको र सात वर्षीया छोरीलाई समेत २१ साउनमा यौन दुव्र्यवहार गरेको भन्दै अभियुक्तकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय उदपुरमा जोहरी दिएकी थिइन । पीडित निवेदन दिएको भोलिपल्ट ४ भदौमा पक्राउ परेका कसुरदारलाई अदाललते पुर्पक्षका लागि थुनामा राख्ने आदेशको दिएको थियो ।
आजको राजधानी दैनीकमा समाचार प्रकाशित भएको छ ।
वि.सं.२०७५ चैत १२ मंगलवार ०८:४४ मा प्रकाशित




























