१२ काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको छ । कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली पुरुष राष्ट्रिय फुटबल टोली पराजित भएको हो । कुवेतले पेनाल्टीको सदुपयोग गर्दै १ गोल गरेपछि नेपालले १–० को हार व्यहोेरेको हो ।
खेलाडीको राम्रो प्रदर्शन र गोल रक्षक किरण चेम्जोङको कुशल प्रदर्शनका बीच डिफेन्डर रञ्जित धिमालले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले खेलको २९ हौं मिनेटमा कुवेतलाई दिएका थिए । पेनाल्टीलाई सदुपयोग गर्दै युसुफ नासेरले कुवेतलाई अग्रता दिलाएका थिए ।
यससँगै कुवेत टुरमा नेपालले २ खेलमा १ बराबरी र १ हार बेहोरेको छ ।
वि.सं.२०७५ चैत १२ मंगलवार १०:२८ मा प्रकाशित





























