back
CTIZAN AD

एनआरएनए युरोप भेला रोममा गरिने

वि.सं.२०७५ चैत १२ मंगलवार

663 

shares

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न भएको छ । २४ मार्च २०१९ मा क्षेत्रीय सयोजक शिव बरुवालको अध्यक्षतामा सम्पन्न बैठकले १२ औँ युरोपेली भेला अगस्ट ३ र ४ मा इटालीको रोममा गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा संस्थाले विगतमा गरेका गतिविधिको समिक्षा गर्दै आगामी कार्ययोजनाको बारेमा समेत छलफल गरिएको थियो । बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरुलाई संघको सदस्यता वितरण त्यसको व्यवस्थापन तथा नवीकरण लगायतका विषयमा सचेत गराउने र हाल भइरहेको पहललाई समेत थप सार्थक बनाउने गरी अघि बढ्ने निर्णय गरिएको छ । साथै यूरोप क्षेत्रमा नेपाल महोत्सवको आयोजना गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत गरिएको छ ।

बैठकबाट १२ औँ युरोपेली भेला लाई भव्य रुपमा सम्पन्न गर्नको लागि युरोप संयोजक शिव बरुबालको संयोजकत्वमा युरोप क्षेत्रका सम्पुर्ण आइसीसी सदस्य एनसीसी अध्यक्ष आयोजक राष्ट्र इटालीका उपाध्यक्ष महासचिव समेत रहने गरि एक मुल आयोजक समिती गठन गरेको छ ।

युरोप उपसंयोजक गोबिन्दप्रसाद गौतमले सञ्चालन गरेको बैठकमा युरोप क्षेत्रका महिला उपसयोजक, युवा उपसयोजक साथै एनसीसी अध्यक्षहरुले आफ्नो प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सदस्यता वितरणको लागि संघले सुरु गरेको नया डिजिटल प्रविधीलाई सहज बनाउनुपर्ने र डाटा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने धारणा राखेका थिए । आइसीसी सदस्यहरुले आइसीसी र एनसीसीबीच समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा चर्चा गरेका थिए ।

बैठकमा आइसीसी उपाध्यक्षद्वय कुमार पन्त र सपिला राज भण्डारीले सम्बोधन गर्दै आगामी कार्ययोजनाको बारेमा जानकारी गराएका थिए । युरोपका २८ राष्ट्रमा फैलिएर रहेको एनआरएनए युरोप क्षेत्रको बैठकमा युरोप क्षेत्रका विभिन्न एनसीसी अध्यक्ष तथा महासचिवहरु, आइसीसी सदस्यहरु युरोप क्षेत्रका उप–संयोजकहरु महिला उपसयोजक, युवा उप–संयोजक लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७५ चैत १२ मंगलवार ११:१५ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...