back
CTIZAN AD

कृषि मन्त्रालयको लखनउ लुट

वि.सं.२०७५ चैत १२ मंगलवार

705 

shares


 काम गर्नेले पैसा पाउंदैनन्, काम नै नहुनेलाई पैसाको थुप्रो भएपछि कामको प्रभावकारीता हुने कुरै भएन । बजेट व्यवस्थित रुपमा खर्च हुने कुरै भएन ।

यो वर्षको दशैं महोत्सव शुरु हुनै लागेको छ । त्यसैले आउनुहोस्—कृषि मन्त्रालयका हाकिमहरुसंग ‘दोस्ती’ गरौं, ‘लाइन मिलाउं’ र दशैं महोत्सवमा सहभागि बनौं । काम फिटिक्कै गर्नु पर्दैन, उत्पादन त झन गर्नै पर्दैन ।

आउनुहोस ‘दशैं’ महोत्सवमा सहभागि बनौं
नारदमुनी भन्नुहुन्छ……………………….
यो मुलुकमा कृषि मन्त्रालय भन्ने एउटा निकाय छ—सिंहदरवार काठमाण्डौमा ।
गत साता त्यहां एउटा वैठक वस्यो ।

वैठकमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको विषयमा छलफल भयो । योजना महाशाखा प्रमुखले ‘कष्ट सेन्टर’का हाकिमहरुसंग भन्नुभयो —तपाईहरुले बजेट खर्च गर्न नसक्ने हो भने भन्नुस् । कहां के मा खर्च गर्नुपर्छ, मन्त्रालयले मिलाउंछ – (ठ्वाक्कै शब्द यही नहुन सक्छ, आसय चांही यही हो)

‘कष्ट सेन्टर’ का हाकिमहरुले बुझिहाले— ‘दशैं महोत्सव’ शुरु हुन लागेछ ।
हरेक वर्ष चैत्र १५ पछि असार २५ गतेसम्म कृषि मन्त्रालयका हाकिमहरुको लागि ‘महोत्सवको मौसम’हो । किसानले पाउनु पर्ने बजेट ‘लुटेर’ मनाउने महोत्सव । यस्तो महोत्सव धेरै पहिलेदेखि मनाउने गरिए पनि योजना महाशाखाको प्रमुखमा कार्की सर आएदेखि त्यसको रौनक नै बदलिएको छ । सोझो भाषामा भन्दा बजेट कार्यान्वयनको नाममा पहिले लुट् मच्चाइन्थ्यो । अचेल ‘लखनउ लुट’ मच्चाइन्छ ।

कृषि मन्त्रालयले मातहतका खर्च गर्ने निकायहरु (कष्ट सेण्टर) लाई आर्थिक वर्षको शुरुमै बजेट छुट्याउंछ । त्यसक्रममा चैत्र १५ पछि मनाइने ‘दशैं महोत्सव’लाई मध्य नजर गर्दै थोरै बजेट आवश्यक पर्ने ‘कष्ट सेण्टर’हरुलाई अथाह बजेट दिइन्छ तर प्रभावकारी रुपमा काम गर्ने र बजेट अलि धेरै आवश्यक पर्ने ‘कष्ट सेण्टर’हरुमा जानी जानी बजेट थोरै दिइन्छ । काम गर्नेले पैसा पाउंदैनन्, काम नै नहुनेलाई पैसाको थुप्रो भएपछि कामको प्रभावकारीता हुने कुरै भएन । बजेट व्यवस्थित रुपमा खर्च हुने कुरै भएन ।

अनि त्यही बाहानामा चैत्र १५ पछि (२,४ दिन तलमाथि हुनसक्छ) यताको बजेट उता, उताको बजेट यता, एउटा योजना रद्ध, अर्को योजना शुरु जस्ता के के हो के के गर्न थालिन्छ । बैशाख तेस्रो सातापछि जेठ २५ गतेसम्म कृषि मन्त्रालयको ‘दशैं महोत्सव’ले उत्कर्षको रुप लिन्छ । कस्लाई के निहुंमा कति पैसा दिने, कस्लाई तालिम, कस्लाई विदेश भ्रमण, कस्लाई के, कस्लाई के । पैसा त कति कति ।

यो वर्षको दशैं महोत्सव शुरु हुनै लागेको छ । त्यसैले आउनुहोस्—कृषि मन्त्रालयका हाकिमहरुसंग ‘दोस्ती’ गरौं, ‘लाइन मिलाउं’ र दशैं महोत्सवमा सहभागि बनौं । काम फिटिक्कै गर्नु पर्दैन, उत्पादन त झन गर्नै पर्दैन । कागजपत्र दुरुस्त मिलाउं—कृषिको व्यवसायिकताको गुड्डी हाकौं, अर्गानिक खेतीको गफ गरौं, बजारीकरणका गफ गरौं, ‘भ्यालु चेन’ को बारेमा प्रवचन दिउं । कृषि प्रविधिका २,४ वटा ‘स्लाइड’ बनाएर देखाउंदै हिडौं ।

कृषि फार्ममा काम गरेर समय किन खेर फाल्ने ? हाकिम साबहरुको प्रदक्षिणा गरौं, उनीहरुलाई सकेजति ‘लड्डु’ चढाउं र ‘आर्शिवाद’ पाउं ।
कृषि मन्त्रालय भित्रका ‘गणेश’हरु खुसी भए भने तपाईलाई यही तीन महिनामा धनको वर्षा हुनेछ । त्यसैले अवसरको सदुपयोग गरौं ।
आउनुहोस्— अहिलेको ‘दशैं’ लाई खेर नफालौं ।

कृषि मन्त्रालय भित्रका ‘गणेश’ हरुलाई ‘लड्डु’ चढाएर मालामाल बनौं । र, व्यवसायिक कृषिको ‘मलामी जाउं ।’
हार्दिक श्रद्धान्जली —मेरो देशको व्यवसायिक कृषि ।

वि.सं.२०७५ चैत १२ मंगलवार ११:४३ मा प्रकाशित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...