
१२ चैत,काठमाडौ । नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सीटौला अस्पताल बाट डिस्चार्ज भएका छन् । केहि दिन अघी ह्याम्स अस्पतालमा भर्ना भएका सीटौलाको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएका हुन् ।अस्पताल भर्ना हुँदा सीटौलाको रगतमा हेमोग्लोबिनको कमी देखिएको थियो । रक्तचाप अस्थिर भएपछि सीटौला अस्पताल भर्ना भएका थिए ।
ह्याम्स अस्पतालका अनुसार अहिले सीटौलाको स्वास्थ्यमा सुधार भएको छ । पुर्व गृहमन्त्री समेत रहेका सीटौलाले उपचारमा संलग्न चिकित्सक र सुभेक्षुक सबैमा आभार व्यक्त गर्दै अस्पतालबाट बिदा लीएको अस्पतालले जनाएको छ ।
वि.सं.२०७५ चैत १२ मंगलवार ११:५० मा प्रकाशित






























