back
CTIZAN AD

 १४ वर्षमै गर्भवती, बलात्कार आरोपि भारततिर !

वि.सं.२०७५ चैत १३ बुधवार

516 

shares
file-photo

१३ चैत, राजविराज । १४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन् । पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टर कहाँ पुर्याएकी थिइन् । भिडियो एक्सरे गर्दा गर्भ बसेको देखिएपछि उनको परिवार चिन्तामा डुबेको छ ।

मजदुरीमा काम गर्न जाने गरेकी आमाले छोरी बलात्कृत भइरहेको ढिलो मात्र थाहा पाएकी थिइन् । बालिकालाई थप स्वास्थ्य परीक्षणका लागि सप्तरी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याएकी थिइन् । गर्भ बसेको चिकित्सकले बताएका छन् । ‘बालिकाले आफूसँग के भयो र परिणाम के हुन्छ भन्ने थाहा पाइनन,’ अस्पतालमा सञ्चालित ओसीएमसीकी फोकल पर्सन मनीषा सिम्खडाले भनिन्, ‘गर्भवती भएको कुरा धेरैपछि थाहा भयो ।’

हनुमान नगर कंकालिनी ४ स्थित ठूली आमाको घरमा बसेका बेला सोहि गाउँमा पाहुना गएका छिन्नामस्ता गाउँपालिका ६ कुपहीका २१ वर्षीय प्रदीप कुमार मण्डलले यौन सम्पर्क राखेको पीडितको भनाई छ । उनका अनुसार पछि घरमा ठूला व्यक्ति नभएको मौका पारी ती युवा आउन थाले । उनको भाईबहिनीलाई पैसा दिई बाहिर पठाएर बालिकासँग यौन सम्पर्क गर्दै आएका थिए ।

पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता भएको छ । तर, आरोपित भारत चण्डिगढमा अध्ययनमा रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । बुधबारको अन्नपूर्णपोष्ट दैनिकमा मनोहर पोखरेलले राजविराजबाट लेखेका छन् ।

वि.सं.२०७५ चैत १३ बुधवार ०७:५२ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...