back
CTIZAN AD

एक हजार चार सय व्यवसायमा अनुगमन

वि.सं.२०७५ चैत १३ बुधवार

714 

shares

 

१३ चैत, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसवर्ष एक हजार चार सय व्यवसायमा अनुगमन गरेको छ । चालु आवमा दुई हजार आठ सय व्यवसायको अनुगमन गर्ने विभागले जनाएको छ ।

साना र ठूला दुवै खालका व्यवसायमा अनुगमन गरिरहेको विभागका निर्देशक रघुनाथ महतले बताए । उनका अनुसार विभागले नियमितरूपमा विभिन्न निकायसँगको समन्वयमा अनुगमन गर्दै आएको छ । चाडपर्व लगायतका समयमा खाद्यान्नमा बढी अनुगमन भइरहे पनि अरु समयमा समेत नियमितरूपमा अनुगमन गरिँदै आएको उनले बताए । “हामीले कति जना र कस्ता÷कस्ता व्यक्तिको टोली बनाएर अनुगमन गर्ने भन्ने भित्रीरूपमा छलफल गर्छौँ”, उनले भने, “समय र व्यवसायको गर्ने भन्ने सूचना दिँदा व्यवसायी सजग बन्न सक्छन् ।”

नेपालको संविधान, २०७२ ले तीन तहलाई नै बजार अनुगमनको अधिकार दिएको निर्देशक महतले बताए । उनका अनुसार गत असोजमा जारी भएको उपभोक्ता संरक्षण ऐनले भने ‘अनुगमन अधिकृत’ ले मात्रै अनुगमन गर्न पाउने व्यवस्था गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिले ‘उपभोक्ता संरक्षण नियमावली’ मस्यौदा बनाइरहेको छ । यो नियमावली बनेपछि त्यसले नै तीन तहले कसरी अनुगमन गर्ने भन्ने टुङ्ग्याउने उनले बताए ।

उनले भने, “नियमावलीकै आधारमा सबै स्थानीय तहले अनुगमन, निरीक्षण र कमजोरी पाइएमा जरिवाना सजाय गर्न सक्नेछन् ।” नयाँ ऐनकै आधारमा विभागले अहिलेसम्ममा ११२ व्यवसायलाई स्थलगत कारवाहीसमेत गरिसकेको छ ।

वि.सं.२०७५ चैत १३ बुधवार १५:१८ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...