
१३ चैत, काठमाडौं । प्रविधिसँगको मानिसको साइनो जति गाँसिदै गएको छ त्यति नै मानिस अप्ठ्यारोमा परेका थुप्रै घटना छन् ।
फेसबुकमा नचिनेको मान्छेको फ्रेन्ड रिक्वेस्ट आउँदा र आफूले उसको अनुरोध अनुसार स्वीकार्दा धेरै मानिसहरु सामाजिक, आर्थिक लगायतका सांस्कृतिक पीडामा परेका घटनाहरु समाजमा यत्रतत्र आइरहन्छन् ।
नाम नबताउने सर्तमा काठमाडौंमा पढ्न बसेका प्रदेश नं ४ का दुई बहिनीले उपहारको लोभमा फसेर झण्डै ५० लाख भन्दा बढी हुण्डी र मनिट्रान्सफरबाट ठग व्यक्तिलाई पठाएर अहिले मुद्दा लडिरहेका छन् ।
नेपालमा मात्र नभएर यस्ता घटना अमेरिका युरोपमा पनि झन् बढी घटिरहेका छन् । यसै सन्दर्भमा युरोपमा रहेका पत्रकार ददि सापकोटा पनि झण्डै यस्तै फटाहाको सिकार भएका छन् ।
उनलाई पनि माइक्रोसफ्ट कम्पनीको टेक्निकल सेन्टर क्यालिफोर्नियाबाट हुँ, भाईरसले तेरो कम्प्युटर खत्तम पारेको छ, प्रोग्राम किन्नुपर्छु भन्दै झण्डै नेपाली २ लाख रुपैयाँ ठगिसकेको थियो । तर, उनले अन्तिममा उसले भने अनुसार नगरेपछि कम्प्युटर खुल्दै नखुल्ने बनाइदिएको छ ।
यहि विषयलाई लिएर उनले सबैलाई सजग गराउँदै सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘माइक्रोसफ्ट कम्पनीको टेक्निकल सेन्टर क्यालिफोर्नियाबाट हुँ, भाईरसले तेरो कम्प्युटर खत्तम पारेको छ, प्रोग्राम किन्नुपर्छ भन्यो एउटा मान्छे नामको चितुवाले । प्राविधिक ज्ञान नभएकोले पत्याएँ । कम्प्युटर एक्सेस गर्याे । ४ घण्टा पतर–पतर र्गयो, त्योपनि पत्याएँ । जेजे माग्यो सबै दिएँ, बताएँ । अन्तिममा ५० युरो लाग्छ प्रोग्रामको भन्नेले बैंक कार्डबाट पैसा झिक्दा ९७५ युरो तिर्न राजि भन्ने अपसनमा सेक्रेट कोड हान्न पठायो । त्योपनि दुई दुई पटक । त्यो नगरेपछि कम्प्युटर नै ढुस बनाइदियो, खुल्दै नखुल्ने । अहिले दुई हप्ता भयो । क्म्प्युटरका सारा फाईल मध्ये केहि भेटिएनन् । फोटो, किताबका सामाग्रि, लेख रचना त मिले । तर वर्ड, फोटोसप लगायतका सबै प्रोग्राम किन्नुपर्ने बनाईदियो । अहिलेसम्म ति प्रोग्राम नभएर लेखनको काम रोक्किए जस्तै छ । मोबाईलमा छिटो र अलि लामो लेख्न सकिन्न । धन्न कम्प्युटर बनाउने मान्छे गतिलो फेला परेकोले धेरै फाईलहरु मिहिनेत गरिगरि झिकिदिए । पाईला पाईलामा चोर फटाहा, छिनछिनमै दाउपेच र झालझेलमा परिने, झिमिक्क, मिलिक्क गर्नै नहुने, एउटाले कतै न कतै फसाईहाल्ने । बाँच्न गाह्रो रैछ हजुर गाह्रो ’ त्यो चितुवाले ुददि सापकोटा कतै फसेको, बिचल्ली परेको भन्दै सहयोग मागेर सामाजिक सन्जालमा हाल्न सक्छ । सतर्क रहनुहोला है !’
वि.सं.२०७५ चैत १३ बुधवार १५:२१ मा प्रकाशित





























