१४ चैत, काठमाडौं । नेपालमा चिनियाँ रेलको चर्चा चल्छ । चीन पनि चाहान्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिउन् ।
चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्–‘हामी नेपालको दक्षिण भेगसम्म रेल लैजान आतुर छौं ।’
उनले काठमाडौं सम्म रेल पुर्याउन उच्च राजनीतिक तहमा छलफलमा भएर अध्ययन पनि भइरहेको बताए । ‘ दुई देशको चाहना मिलेमा रेलमार्ग जोड्न समस्या हुँदैन । दुईपक्षीय सहकार्य भनेको विन–विन नै हो,’ उनले भने, ‘हामी नेपाली जनताले कति फाइदा पाउँछन् भन्नेमा केन्द्रीत छौं ।’ नेपालजस्तो भुपरिवेष्टित मुलुकलाई रेलले जोडेमा एउटा लिंक खुला हुने र विकल्प थप वलियो हुने चिनियाँ पक्षको आंकलन रहेको छ । विहिबारको अन्नपूर्णपोष्ट दैनिकमा चन्द्र शेखर अधिकारीले लेखेका छन् ।
वि.सं.२०७५ चैत १४ बिहीवार ०७:२८ मा प्रकाशित






























