
१४ चैत, वीरगंज । बैदेशिक रोजगारीका लागि खाडी मुलुक कतारमा रहेका कलैया उपमहानगरपालिका ९ रामपुरका युवाले गाउँको मदर्शाको आठकोठे पक्की भवन बनाइदिएका छन् ।
कतारमा रहेका रामपुरका ७० युवाले पठाएको करिब ५० लाख रुपैयाँको लागतमा आठकोठे पक्की भवन निर्माण गरिएको हो । रामपुरमा इश्लाम समुदायको बसोबास रहेको छ ।
रामपुरको मदर्शा सल्फिया दरुल इस्लाम प्राविमा अध्ययनरत मुस्लिम बालबालिकाका लागि कक्षा कोठाको अभाव भएपछि कतारमा रहेका युवाले भवन निर्माणका लागि सात वर्षदेखि रकम संकलन गर्न थालेका थिए । उनीहरुले मासिक २० रियाल (६ सय रुपैयाँ नेपाली) नियमित रुपमा पठाइरहेको मदर्शा व्यवस्थापन समितिका अध्यक्ष अब्दुल मनिरले बताए । ‘प्रत्येक वर्ष इद र वकरी इद पर्वमा पनि प्रतिव्यक्ति एक एक हजार रियाल ( ३० हजार नेपाली रुपैयाँ) संकलन गरेर मदर्शाका लागि पठाएका थिए,’ अन्सारीले भने । विहिबारको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७५ चैत १४ बिहीवार ०७:३७ मा प्रकाशित






























