back

अमेरिका जाँदै राष्ट्रपति मुन, उत्तर कोरियाबारे छलफल हुने

वि.सं.२०७५ चैत १५ शुक्रवार

72 

shares

१५ चैत, सियोल ।  दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि आगामी अप्रिल १० मा वासिङ्टन डिसी भएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार दुई नेताबीचको भेटवार्तामा मुख्यरुपमा हाल अवरुद्ध रहेको उत्तर कोरियासँगको आणविक निःशस्त्रीकरणका विषयमा छलफल हुनेछ । उत्तर कोरियाका विषयमा अमेरिकी राष्ट्रपतिसँग राष्ट्रपति मूनको यो सातौँ वार्ता हो ।

भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीचको बहुचर्चित वार्ता भङ्ग भएपछि दुई नेताबीच पहिलो पटक भेटवार्ता हुन लागेको हो । “कोरियाली प्रायःद्वीपमा पूर्ण आणविक निःशस्त्रीकरण सम्पन्न गर्नेतर्फ अमेरिकी राष्ट्रपति र दक्षिण कोरियाली राष्ट्रपतिले पुनः घनीभूत छलफल गर्नुहुनेछ ।

भेटवार्तामा कोरिया र अमेरिकाबीचको पारम्परिक सम्बन्धलाई थप सुदृढ गर्ने उपायहरुको पनि खोजी हुनेछ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको हनोई वार्ता आणविक निःशस्त्रीकरण पहिले कि उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा पहिले गर्ने भन्ने विषयमा मतभिन्नता भएपछि भङ्ग भएको थियो ।

तर उत्तर कोरियाले आफ्नो मुलुकमाथि लागेका प्रतिबन्धहरु आंशिक फुकुवा गर्न मात्र आग्रह गरिएको बताउँदै आएको छ । अमेरिकाले भने उत्तर कोरियाले सबै प्रतिबन्धहरु तत्काल फुकुवा हुनुपर्ने अडान राखेपछि वार्ताको औचित्य सकिएको बताएको थियो ।

हनोई वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको सम्पूर्ण प्रक्रिया समाप्त नभएको र आफू अझै पनि वार्ता हुनेमा सकारात्मक रहेको बताएका थिए ।

उत्तर कोरियासँग सम्बन्ध सामान्यीकरणमा केन्द्रित गरिरहेको दक्षिण कोरियाले अन्तर–कोरियाली परियोजनाहरु पनि अघि बढाएको छ । दक्षिण कोरियाका यी परियोजनाले अमेरिकासँगको सम्बन्धमा तिक्तता आउने सम्भावना पनि छ ।

सियोलले संयुक्त राष्ट्रसंघकै संरचनाभित्र रही उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको औद्योगिक क्षेत्र पुनः खुला गर्ने तयारी थालेको छ । साथै उत्तर कोरियाको माउन्ट कुमगाङमा पर्यटन कार्यक्रम पुनः शुरु गर्न पनि सियोलले पहल गरिरहेको छ ।

उत्तर कोरियासँग पछिल्ला दिनहरुमा कुनै सम्पर्क भएको छ भनी सोधिएको प्रश्नमा राष्ट्रपति कार्यालयका एक अधिकारीले नाम नबताउने शर्तमा भने,“अन्तर–कोरियाली सम्मेलनको तत्काल सम्भावना देखिन्न । तर कुनै पनि समय त्यस्तो वार्ता हुन सक्छ ।”

राष्ट्रपति मून र उत्तर कोरियाली नेता किमले गत वर्ष तीन पटक भेटघाट गर्नुभएको थियो । उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाको भ्रमण गर्ने यसअघि घोषणा गरिए पनि त्यस्तो मितिको अझै टुङ्गो लागेको छैन ।

वि.सं.२०७५ चैत १५ शुक्रवार १७:४४ मा प्रकाशित

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका...

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

लन्डन  । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई...

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...