back
CTIZAN AD

भियतनाममा ९ टन हात्तिको दाँत बरामद

वि.सं.२०७५ चैत १५ शुक्रवार

1K 

shares

१५ चैत, हनोई ।  भियतनामको भन्सार प्रशासनले काठमा लुकाइछिपाइ ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ । हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन् ।

भियतनाममा हात्तीको दाँत खरीद बिक्री गर्न निषेध गरिए पनि कानूनको कमजोर कार्यान्वयनका कारण विश्वव्यापी रुपमै निषेध गरिएका यस्ता वस्तुहरु कालो बजारमा खुलेआम बिक्री हुने गरेको छ ।

बढ्दो अन्तर्राष्ट्रिय दबाबपछि भियतनाम सरकारले वन्यजन्तुको अवैध व्यापारमा कडाई गर्ने प्रतिबद्धता जनाएको छ । भियतनामका सरकारी अधिकारीहरुले पछिल्ला वर्षमा दानाङ शहरमा पनि छापा मारिएको बताएका छन् ।

“काठभित्र लुकाएर शंकास्पद वस्तु ल्याएको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा ९ टन हात्तीका दाँत भेटिए,” भियतनामको भन्सार प्रशासनको भनाइ उद्धृत गर्दै हाई क्वुआन अनलाइनमा लेखिएको छ ।

हात्तीका दाँत लुकाएको काठ मङ्गलबार दानाङको मुख्य बन्दरगाहमा भेटिएको थियो । यो काठ मध्य अफ्रिकी मुलुक कङ्गोबाट आएको थियो । हात्तीका दाँत, बङ्गारा र अन्य हाडखोरहरु भियतनाममा गहना बनाउन, घरका सजावटका सामान तयार पार्न तथा परम्परागत औषधि बनाउन प्रयोग हुन्छ । भियतनाम हुँदै अवैध वन्यजन्तु चीन समेतका अरु मुलुकहरु पनि पुग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

वि.सं.२०७५ चैत १५ शुक्रवार १७:४८ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...