
१८ चैत्र, काठमाडौँ । आइतबार साँझ बारा तथा पर्सा लगायतका जिल्लाहरुमा आएको भिषण हावाहुरीले भएको घटनाका पीडितलाई सहयोग गर्न वाईसियल टिम अध्यक्ष रामप्रसाद सापकोटा(दिपशिखा)को नेतृत्वमा बारा पुगेको छ ।
दिपशिखाको नेतृत्वमा गएको केन्दीय टिम र प्रदेश नं २ को वाईसियल टिमले सबैभन्दा बढी प्रभावित बाराको पुरैनिया गाउँबाट उद्दारको कामलाई सुरु गरेको बताइएको छ ।
वाइसियल अध्यक्ष दिपशिखाले वाइसियलले पीडितलाई त्रिपाल र खाद्यान्न समेत वितरण गर्ने जानकारी दिएका छन् । उनले वाइसीएल, नेपाल केन्द्रीय समितिको आहाव्नमा राहात संकलनको काम पनि चलिरहेको जानकारी दिँदै सम्पुर्ण वाइसीएल सदस्य, आम जनसमुदायलाई पनि सहयोगका लागि अपिल गरेका छन् ।
आइतबार साँझ आएको हावाहुरीबाट बारा तथा पर्सामा कम्तीमा २७ जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएका थिए । घटनामा परि दर्जनौं परिवार घरबिहिन समेत बनेका छन् । बाराका पुरैनिया, भरवलिया, विनवलिय र चैनपुर अति प्रभावित क्षेत्र हुन् ।
त्यसैगरी वाइसीएल, नेपाल चितवन जिल्ला समितिले इन्चार्ज मधु न्यौपाने ९८५५०६०००३ र अध्यक्ष इश्वर रेग्मी ९८४५१०८३३३ को नेतृत्वमा सहयोग सकंलन गरिरहेको बताईको छ ।
चितवनमा सहयोगदाताहरूको नामावली :
१। अनिल कुमार श्रेष्ठ कालिका नपा -३, रू २५०००
२। सन्तोष न्यौपाने भ म न पा -११, रू ५०००
३। भगवती अर्याल ‘समिता’ कालिका नपा – ३ , रू २०००
४। हरि चापागाइ कालिका न।पा- ३, रू १०००
वि.सं.२०७५ चैत १८ सोमवार १६:४९ मा प्रकाशित