back
CTIZAN AD

दिपशिखाको नेतृत्वमा वाइसिएल टिम बारा पुग्यो, उद्धारमा जुट्न सबैलाई आह्वान

वि.सं.२०७५ चैत १८ सोमवार

699 

shares

१८ चैत्र, काठमाडौँ ।  आइतबार साँझ बारा तथा पर्सा लगायतका जिल्लाहरुमा आएको भिषण हावाहुरीले भएको घटनाका पीडितलाई सहयोग गर्न वाईसियल टिम अध्यक्ष रामप्रसाद सापकोटा(दिपशिखा)को नेतृत्वमा बारा पुगेको छ ।

दिपशिखाको नेतृत्वमा गएको केन्दीय टिम र प्रदेश नं २ को वाईसियल टिमले सबैभन्दा बढी प्रभावित बाराको पुरैनिया गाउँबाट उद्दारको कामलाई सुरु गरेको बताइएको छ ।

वाइसियल अध्यक्ष दिपशिखाले वाइसियलले पीडितलाई त्रिपाल र खाद्यान्न समेत वितरण गर्ने जानकारी दिएका छन् ।  उनले वाइसीएल, नेपाल केन्द्रीय समितिको आहाव्नमा राहात संकलनको काम पनि चलिरहेको जानकारी दिँदै सम्पुर्ण वाइसीएल सदस्य, आम जनसमुदायलाई पनि सहयोगका लागि अपिल गरेका छन् ।

आइतबार साँझ आएको हावाहुरीबाट बारा तथा पर्सामा कम्तीमा २७ जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएका थिए । घटनामा परि दर्जनौं परिवार घरबिहिन समेत बनेका छन् । बाराका पुरैनिया, भरवलिया, विनवलिय र चैनपुर अति प्रभावित क्षेत्र हुन् ।

त्यसैगरी वाइसीएल, नेपाल चितवन जिल्ला समितिले इन्चार्ज मधु न्यौपाने ९८५५०६०००३ र अध्यक्ष इश्वर रेग्मी ९८४५१०८३३३ को नेतृत्वमा सहयोग सकंलन गरिरहेको बताईको छ ।

चितवनमा सहयोगदाताहरूको नामावली :
१। अनिल कुमार श्रेष्ठ कालिका नपा -३, रू २५०००
२। सन्तोष न्यौपाने भ म न पा -११, रू ५०००
३। भगवती अर्याल ‘समिता’ कालिका नपा – ३ , रू २०००
४। हरि चापागाइ कालिका न।पा- ३, रू १०००

वि.सं.२०७५ चैत १८ सोमवार १६:४९ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...