back

बारा तथा पर्सा घटनाबारे गृहमन्त्रालयको यस्तो छ पछिल्लो जानकारी

वि.सं.२०७५ चैत १८ सोमवार

159 

shares
NTC AD
Global IME AD

१८ चैत, काठमाडौं । आइतबार राति बारा तथा पर्सा जिल्लामा अकस्मात आएको भिषण हावाहुरी र असिनापानीमा परी मृत्यु हुने सबैको सनाखत भएको छ । गृह मन्त्रालयद्वारा जारी विज्ञप्ती अनुसार उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ भने ६६८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा १० जना पुरुष, महिला ११ जना र ६ जना बालबालिका रहेका छन् ।

घाइते मध्ये २४८ जनाको प्रारम्भिक उपचार भई घर फर्किएका छन् भने ३७५ जना पर्सा र बारा जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये गम्भिर अवस्थाका ९ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइ उपचार भैरहेको उल्लेख गरिएको छ ।

४६८ थान त्रिपाल र टेन्ट, लत्ता कपडा ४१३८ थान, २ रोल कपडासहित ३ ट्रक सामग्री बारा पुगेको र थप पठाइने क्रम जारी रहेको जानकारी दिँदै मन्त्रालयले विपदको बेला सबैलाई आ–आफ्नो तर्फबाट सहयोगमा जुट्न  आह्वान पनि गरेको छ ।

वि.सं.२०७५ चैत १८ सोमवार २०:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मन्त्रिपरिषद् बैठक : दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन

मन्त्रिपरिषद् बैठक : दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन

काठमाडौँ । सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका...

सुनकोसी मरिण डाइभर्सन : वैशाख २६ गते ब्रेक थ्रुको तयारी

सुनकोसी मरिण डाइभर्सन : वैशाख २६ गते ब्रेक थ्रुको तयारी

रमेश लम्साल, काठमाडौँ । सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङको निर्माणको...

प्रधानमन्त्री ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच राजनीतिक छलफल

प्रधानमन्त्री ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच राजनीतिक छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी...

राप्रपालाई अब कसैले नजरअन्दाज गर्न सक्तैन–अध्यक्ष लिङ्देन

राप्रपालाई अब कसैले नजरअन्दाज गर्न सक्तैन–अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले...

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित गरिने सञ्चारमन्त्री शर्मा भनाई

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित गरिने सञ्चारमन्त्री शर्मा भनाई

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक...

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा...