back
CTIZAN AD

सेवा सुधारका लागि विश्व बैंकले १० करोड डलर दिने

वि.सं.२०७५ चैत १९ मंगलवार

1K 

shares

१९ चैत, ढाका ।  बङ्गलादेशको राजधानी ढाका शहर र वरपरका शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलरको आयोजनालाई स्वीकृत गरेको छ ।

ढाका साउथ सिटी कर्पोरेसन अन्तर्गत राजधानी र चार ठूला शहरी क्षेत्रमा सार्वजनिकस्थल तथा शहरी सेवा सुधारका लागि ल्याइएको उक्त आयोजनाबाट करिब १० लाख नागरिकले प्रत्यक्ष लाभ लिने बताइएको छ ।

‘ढाका सीटी नेइभरहुड अपग्रेडिङ आयोजना’ ले राजधानी र चार छिमेकी शहरी क्षेत्रमा पार्क, खेल मैदान, खुला स्थान, तटीय क्षेत्र, सडक, फुटपाथ र सार्वजनिक भवन साथै सामुदायिक केन्द्रमा सवै प्रकारका शहरी सुविधा बिस्तार गरिने जनाएको छ ।

वासिङ्टनस्थित दाता संस्थाले सोमबार आयोजना स्वीकृत भएको जानकारी दिँदै भनेको छ, “आयोजनाले प्राकृतिक जीवन जीउन बञ्चित रहँदै आएका विशेष गरी महिला, युवा, वृद्धवृद्धा र अपाङ्गता भएका नागरिकहरूलाई सहजरूपमा सार्वजनिक सुविधाको अभाव हुन नदिनेगरी कार्यक्रमहरू अघि बढाइने छ ।”

बङ्गलादेशका लागि राजधानी ढाका महत्वपूर्ण आर्थिक केन्द्र हो । विश्व बैंकका बङ्गलादेश तथा भूटानका लागि निर्देशक रोबर्ट साउमले भने, “बङ्गलादेशको पाँच भागको एक हिस्सा कुल ग्राहस्थ उत्पादन राजधानी ढाकामा निर्भर रहन्छ भने यहाँको औपचारिक रोजगारीको झण्डै आधा जनशक्ति यहाँ छ ।”

उनले भने, “सन् १९८० मा तीस लाख जनसङ्ख्या रहेको ढाका जसलाई अहिले एक करोड ८० लाख जनसङ्ख्या रहेको छ । तर यसका प्राय आधारभूत संरचनाहरू दशकौँ पूरानो अवस्थामा नै रहँदै आएका छन् ।”

“विश्वव्यापी अनुभवले समृद्ध जीवनशैलीका लागि नगर क्षेत्रका स्थानहरूमा समायोचित सुधार हुनु जरूरी भएको देखाउछन् । आयोजनाले ढाका र वरपरका वासिन्दालाई आधुनिक जीवनका लागि आबश्यक वातावरण निर्माण गर्ने विश्वास लिइएको छ ।”

आयोजनाले शहरमा हरियाली तथा खुला स्थानको निर्माण गर्ने र बगैँचा, सडक र तटीय क्षेत्रहरूमा सुधारको प्रत्याभूत गराउने विज्ञप्ति उल्लेख छ ।

बहुउद्देश्यीय सामुदायिक केन्द्रहरूको निर्माणले वातावरणमैत्री विशेषता र उर्जामैत्री पूराना तथा नया मूल्यमान्यतालाई जोगाउँदै अघि बढ्ने उनले बताए ।

वि.सं.२०७५ चैत १९ मंगलवार १०:४२ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...