back
CTIZAN AD

कानून उल्लङ्घन गरेको भन्दै कङ्ग्रेससम्वद्ध ६८७ फेसबुक पेज हटाइयो

वि.सं.२०७५ चैत १९ मंगलवार

843 

shares

१९ चैत, नयाँ दिल्ली । भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस-आई) ले सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ ।

विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लङ्घन गरेको भनी कङ्ग्रेस-आई सम्वद्ध ती पेजहरू हटाएको हो ।

भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होचाउने, गाली गर्ने र झूट्टा प्रचार गर्ने खालका सामग्रीहरू सम्प्रेषित भएका भेटिएपछि सामाजिक सञ्जालका उक्त पेजहरू हटाइएको फेसबुकको दावी छ ।

“अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियमलाई उल्लङ्घन भएको निष्कर्षसहित उक्त दल आवद्ध मानिएका पेज, ग्रुप तथा एकाउन्टहरूलाई कम्पनीले हटाएको छ,” फेसबुक कम्पनीले भनेको छ ।

फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नेथेनियल ग्लेचरले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “हामीले भारतीय भूमिबाट प्रयोग गर्दै आएका भनिएका ६८७ पेजहरू र एकाउन्टहरूले अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटेपछि तिनीहरूलाई हटाइदिएका छौँ ।”

“यी गतिविधिमा सम्लग्न व्यक्तिले नक्कली एकाउन्ट खोली नियमविपरित हुनेगरी विभिन्न समूह बनाई उनीहरूको सन्दर्भ सामग्रीलाई सम्प्रेषण गरेको हाम्रो स्वचालित प्रणालीले पत्ता लगाई उनीहरूलाई खारेज गरिदिएको छ ।”

विश्वव्यापीरूपमा फैलिएको सामाजिक सञ्जाल फेसबुकमाथि भारत सरकार लगायत विश्वका सरकारी अधिकारीद्वारा फेसबुकको दुरूपयोग गरी राजनीतिक फाइदा उठाउने वा गलत सूचना फैलाउने काम नभएको प्रत्याभूत गर्न दवाव दिँदै आएका खबरहरू आउने गरेका छन् ।

यसैबीच भारतीय कङ्ग्रेसका नेता मनिस तेवारीले आफूहरूले वास्तविक रिपोर्टबारे अध्ययन गर्न बाँकी रहेको सञ्चारमाध्यमसँग बताए ।

वि.सं.२०७५ चैत १९ मंगलवार १०:५२ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...