back

कानून उल्लङ्घन गरेको भन्दै कङ्ग्रेससम्वद्ध ६८७ फेसबुक पेज हटाइयो

वि.सं.२०७५ चैत १९ मंगलवार

84 

shares

१९ चैत, नयाँ दिल्ली । भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस-आई) ले सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ ।

विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लङ्घन गरेको भनी कङ्ग्रेस-आई सम्वद्ध ती पेजहरू हटाएको हो ।

भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होचाउने, गाली गर्ने र झूट्टा प्रचार गर्ने खालका सामग्रीहरू सम्प्रेषित भएका भेटिएपछि सामाजिक सञ्जालका उक्त पेजहरू हटाइएको फेसबुकको दावी छ ।

“अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियमलाई उल्लङ्घन भएको निष्कर्षसहित उक्त दल आवद्ध मानिएका पेज, ग्रुप तथा एकाउन्टहरूलाई कम्पनीले हटाएको छ,” फेसबुक कम्पनीले भनेको छ ।

फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नेथेनियल ग्लेचरले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “हामीले भारतीय भूमिबाट प्रयोग गर्दै आएका भनिएका ६८७ पेजहरू र एकाउन्टहरूले अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटेपछि तिनीहरूलाई हटाइदिएका छौँ ।”

“यी गतिविधिमा सम्लग्न व्यक्तिले नक्कली एकाउन्ट खोली नियमविपरित हुनेगरी विभिन्न समूह बनाई उनीहरूको सन्दर्भ सामग्रीलाई सम्प्रेषण गरेको हाम्रो स्वचालित प्रणालीले पत्ता लगाई उनीहरूलाई खारेज गरिदिएको छ ।”

विश्वव्यापीरूपमा फैलिएको सामाजिक सञ्जाल फेसबुकमाथि भारत सरकार लगायत विश्वका सरकारी अधिकारीद्वारा फेसबुकको दुरूपयोग गरी राजनीतिक फाइदा उठाउने वा गलत सूचना फैलाउने काम नभएको प्रत्याभूत गर्न दवाव दिँदै आएका खबरहरू आउने गरेका छन् ।

यसैबीच भारतीय कङ्ग्रेसका नेता मनिस तेवारीले आफूहरूले वास्तविक रिपोर्टबारे अध्ययन गर्न बाँकी रहेको सञ्चारमाध्यमसँग बताए ।

वि.सं.२०७५ चैत १९ मंगलवार १०:५२ मा प्रकाशित

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका...

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

लन्डन  । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई...

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...