back
CTIZAN AD

कास्की समाज स्पेनद्धारा नयाँवर्षको स्वागतसँगै भित्तेपात्रो सार्वजनिक

वि.सं.२०७५ चैत १९ मंगलवार

672 

shares

कास्की समाज स्पेनले नेपाली नयाँवर्ष २०७६ को पूर्वसन्ध्यामा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान–प्रदान गरेको छ ।

आइतबार सम्पन्न उक्त कार्यक्रममा समाजद्धारा प्रकाशित नयाँवर्ष २०७६ को भित्तेपात्रो समेत सार्वजनिक गरेको छ ।

समाजका अध्यक्ष केदारनाथ ढुंगानाको अध्यक्षता, नेपाली दूतावास म्याड्रिडका कार्यबाहक राजदूत हरिहरकान्त पौडेलको प्रमुख आतिथ्यता र महासचिव गोबिन्द तिमिल्सिनाको संचालन रहेको उक्त कार्यक्रममा कार्यबाहक राजदूत पौडेलले समाजले गर्दै आएका कामहरुको प्रसंसा गर्दै समुदायको हितमा निरन्तर लाग्न सुझाएका थिए ।

सोहि अवसरमा बिशेष अतिथिहरु एनआरएनए आईसीसी सदस्यद्वय मुक्त वहादुर गुरुङ, शितल भुर्तेल भुसाल, एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा र समाजका अध्यक्ष केदारनाथ ढुंगानाले संयुक्त रुपमा भित्तेपात्रोको बिमोचन गरेका थिए ।

सोहि अवसरमा बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आफ्ना भनाई राख्दै समाजले गर्दै आएका कामहरुको प्रंशसा गरेका थिए ।

कार्यक्रममा समाजका बिभिन्न गतिबिधिहरुमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो भने भित्तेपात्रोका लागि सहयोग गर्नेलाई धन्यबाद सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

त्यस्तै समाजले एकवर्ष सम्म गरेका कामहरुको प्रगति विवरण भिडियो दृश्यमार्फत् प्रस्तुत गर्दै समाजका भावि कार्ययोजनाका बारेमा पनि जानकारी दिइएको थियो ।

वि.सं.२०७५ चैत १९ मंगलवार १८:०४ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...