कामरेड केपी ओली मिठो शब्दमा कटाक्षे बोल्न खप्पिस नेता हुन् पाठकबृन्द ! सम्माननीय प्रधानमन्त्री केपी ओली दुश्मनलाई पनि आफ्नो बनाउन सक्ने र विखण्डनकारीलाई पनि राष्ट्रवादी बनाउन सक्ने अद्भूत क्षमता भएका व्यक्ति हुन् पाठकबृन्द ।
फागुनको महिना जनयुद्धका शहीद र सुखानी शहीदलाई मात्र सम्झेनन् उनले । उनले मधेश आन्दोलनदेखि डा. सिके राउतका शहीद समेत समेटेका छन् । कामरेड प्रचण्डलाई सिकेसँग तुलना गर्दै उनले दुवै अतिवादी पात्रलाई आफ्नो आकारमा ल्याएको सम्प्रेषण समेत गरेका छन् । नसुनाउ कसैले थाहा पाइन भन्ने, सुनाउ आफै भित्रकाले समेत असफल पार्न प्रयास गरिहाल्ने ! उनलाई बडो असजिलो थियो पाठकबृन्द ।
केही महिना देखि सुटुक्क र भित्रभित्रै वार्ता र वार्ता गरेका ओलीले सर्वोच्च अदालतले छाडेको २४ घण्टा पनि नवित्दै एक विशेष समारोहका बीच सिकेलाई मुलधारमा ल्याएको घोषणा गरिरहँदा विप्लवलाई दोषि करार गर्नुभयो रे । भीम रावल तथा अरु मुन्छे बोल्नु की नबोल्नु, ओलीको वोली नै गोली भएपछि कसको के लाग्छ र पाठकबृन्द ।
वि.सं.२०७५ चैत २१ बिहीवार १०:०७ मा प्रकाशित