back
CTIZAN AD

एउटालाई म्वाइँ खाँने अर्कोलाई अठ्याउँने !

वि.सं.२०७५ चैत २१ बिहीवार

558 

shares

अहिले लुटेरा को भन्ने विवाद निकै बढेको छ पाठकबृन्द । अघिल्लो महिना नेपालभरी ‘लुट्नसम्म लुट’को चर्चा खुबै रह्यो । जताततै लुट देखाएका एकजना गायकले विम्व नसमाइकनै सिधा राष्ट्रपतिलाई प्रहार गरे । उनले लुट्न आग्रह गरे वा लुट मच्याउन अपिल गरे वा लुटको राज्य भत्काउनलाई उत्प्रेरणा जगाए त्यो आफ्नो ठाउँमा तर्क राख्न सकिएला । तर अहिलेको पछिल्लो लुटेरा अभियान भने विल्कुल फरक प्रसङ्गको हो ।
सकारका प्रधानमन्त्रीले अर्का पार्टी अध्यक्ष समेतको उपस्थितिमा लुटेरा शब्द खुब चल्तीमा ल्याएका छन्
पाठकबृन्द । ओली कामरेड र प्रचण्ड कामरेडको पृष्ठभूमि मात्र होइन, देउवा र श्री रामचन्दर देखि उपेन्द्र वावु सम्म सबैलाई हत्या हिंसाको दाग लागेकै हो । यसको अर्थ यो होइन की हत्या हिंसा र लुटपाटलाई प्रश्रय दिएर मुलुकमा थप अराजकता बढाउनुपर्छ । तर कुरो के हो भने पाठकबृन्द प्रचण्डसँगै गणतन्त्रसम्म आइपुगेका कामरेड नेत्र विक्रम चन्द ‘विप्लव’लाई ‘गणतन्त्र’को अनुभूति नै नभएको पो हो की !
चन्द्रकान्त उर्फ सीके राउतसँग खुसिएको दिन विप्लवलाई चिढ्याउनै किन पथ्र्यो र ? एउटालाई म्वाइँ खाँदा अर्कोलाई बेस्मारी अँठ्याउन जरुरी थिएन । मिलाएर, पिलाएर स्नेह शेयर गरेर ठाउँमा ल्याउने जुक्ति गर्नुपर्नेमा ‘लुटेरा’ भनेपछि रिसको पोको त ठाउँ ठाउँ फुटेछ । बसुन्धराको घटना लुटेराको प्रतिक्रिया बनिहाल्यो, होइन र पाठकवृन्द ?

वि.सं.२०७५ चैत २१ बिहीवार १०:२२ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...