back
CTIZAN AD

थरी–थरीका जनप्रतिनिधि, को के कारणले चर्चामा आए त ?

वि.सं.२०७५ चैत २१ बिहीवार

717 

shares

नेपालको संविधान २०७२ ले तीन तहका सरकार बनाइदिएपछि तह–तहमा थरी थरी जनप्रतिनिधि निर्वाचिन हुनु कुनै अनौठो होइन पाठकबृन्द ।

संघमा झण्डै दुई तिहाइको सरकार, प्रदेशहरूमा बहुमतको सरकार र पालिकाहरूमा पनि निर्वाचित सरकार बनेपछि हाम्रो देशमा तह–तहमा भाँति भाँतिका सरकार बनेका छन् । केन्द्रमा शक्तिसाली सरकार, ७ वटै प्रदेशमा झगडाली सरकार र ७५३ गाउँनगरमा हल्लावारी सरकार सक्रिय नै छ ।

सरकार तह–तहका र थरी थरीका भएजस्तै सरकार चलाउनेहरू पनि भाँति भाँतिका र चोटी चोटीका छन् । रोजगार बैंक खोलेर नमुना बनाउनेदेखि बाँझो जमिन राख्न नदिने गरी नीति बनाउने तथा समाजवादको आयाम विकास गर्ने सोँच भएका जनप्रतिनिधि यहि धर्तीमै छन् भने गाडी किन्न होडबाजी र कमिशनमा फौजदारी गर्नेदेखि श्रीमतीलाई भान्से नियूक्त गराउने, पालिकाको पैसाले घरको कार्पेट, सोफा र बत्ति व्यवस्थापन गर्ने गाउँ र नगरपिता हाम्रै सरकार हुन् ।

भर्खरमात्र एउटा नाम चलेको नगरकी उपमाताले विदेश जान चिठ्ठा प्रणाली माग गर्दै होडालो मच्याइन  रे ! उप भन्ने बित्तिकै अहिले तह–तहको न्याय जनाउँछ  पाठकबृन्द । शायद त्यहि कारणले होला एउटा उपले ‘न्याय देखाउने’ उदाहरण बन्न चिठ्ठाबाटै विदेश जाने मौका पाइछन रे !

वि.सं.२०७५ चैत २१ बिहीवार १०:१७ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...