back
CTIZAN AD

को हुन एनआरएनए मेरिल्याण्ड अध्यक्षका प्रत्याशी घिमिरे ?

वि.सं.२०७५ चैत २१ बिहीवार

552 

shares

२१ चैत , काठमाडौ । ठण्डीले चिसिएको मौसम रापिलो बन्न थालेसँगै एन आर एन एको आसन्न निर्वाचनले गैर आवासीय नेपालीहरूको सामुदायिक वातावरण पनि तात्न थालेको छ । तुलनात्मक रूपले सानै भएपनि संयुक्त राज्य अमेरिकाभरिका राज्यहरूमा सबैभन्दा बढी सदस्य हुनेमध्ये तेश्रो ठूलो राज्य मेरिल्याण्डको चुनावी माहौल पनि गर्माउन थालेको छ ।

यसैबीच नेपाली जनसंपर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सचिव डोलनाथ घिमिरेले पनि एन आर एन ए मेरिल्याण्ड अध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

को हुन त अध्यक्षका दाबेदार घिमिरे ?

सानै उमेर देखि राजनितिक तथा सामाजिक गतिविधिमा सक्रियतापूर्वक संलग्न डोलनाथ घिमिरे आफ्नो स्कूले जीवनमा नै चितवनको ऐतिहासिक हाई स्कुल शारदानगरको नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष भएका थिए । लोकतान्त्रिक आन्दोलनका दौरान पटक पटक थुनामा परेका उनी मनको कुरा स्पष्ट राख्ने हक्की स्वभावका मानिन्छन् । बुवाको प्रेरणाले सामाजिक गतिविधिमा लाग्न उत्प्रेरित बनेका डोलनाथ घिमिरे चितवन जिल्लामा अत्यन्त लोकप्रिय नाम हो । रेडक्रस लगायत अन्य विभिन्न सामाजिक संघ संस्था तथा क्लबहरूमा सक्रीय थिए । रेडक्रसको आजीवन सदस्य समेत रहेका घिमिरेले सन् २०१२-१३ का लागि लायन्स क्लब भरतपुर हाइटको अध्यक्ष भई काम गरेको अनुभव संगालिसकेका छन् ।

अमेरिका आएपछि आफ्नै व्यवसाय संचालन गर्दै आएका घिमिरे सामाजिक क्रियाकलापमापनि उत्तिकै सक्रिय भेटिन्छन् । उनी यहाँको नेपाली समुदायका हरेक गतिविधिमा अहं भूमिकामा देखिन्छन् नेपाली समुदायद्वारा निर्मित नेपालीहरूको धरोहर हिन्दु बुद्ध मन्दिरलाई एक हजार डलर दिई संस्थापक सदस्य बनेका उनले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा थप पाँच हजार दान गरेका छन् ।

वि.सं.२०७५ चैत २१ बिहीवार १०:१५ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...