back

को हुन एनआरएनए मेरिल्याण्ड अध्यक्षका प्रत्याशी घिमिरे ?

वि.सं.२०७५ चैत २१ बिहीवार

120 

shares
RBB AD
NTC AD

२१ चैत , काठमाडौ । ठण्डीले चिसिएको मौसम रापिलो बन्न थालेसँगै एन आर एन एको आसन्न निर्वाचनले गैर आवासीय नेपालीहरूको सामुदायिक वातावरण पनि तात्न थालेको छ । तुलनात्मक रूपले सानै भएपनि संयुक्त राज्य अमेरिकाभरिका राज्यहरूमा सबैभन्दा बढी सदस्य हुनेमध्ये तेश्रो ठूलो राज्य मेरिल्याण्डको चुनावी माहौल पनि गर्माउन थालेको छ ।

यसैबीच नेपाली जनसंपर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सचिव डोलनाथ घिमिरेले पनि एन आर एन ए मेरिल्याण्ड अध्यक्षका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

को हुन त अध्यक्षका दाबेदार घिमिरे ?

सानै उमेर देखि राजनितिक तथा सामाजिक गतिविधिमा सक्रियतापूर्वक संलग्न डोलनाथ घिमिरे आफ्नो स्कूले जीवनमा नै चितवनको ऐतिहासिक हाई स्कुल शारदानगरको नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष भएका थिए । लोकतान्त्रिक आन्दोलनका दौरान पटक पटक थुनामा परेका उनी मनको कुरा स्पष्ट राख्ने हक्की स्वभावका मानिन्छन् । बुवाको प्रेरणाले सामाजिक गतिविधिमा लाग्न उत्प्रेरित बनेका डोलनाथ घिमिरे चितवन जिल्लामा अत्यन्त लोकप्रिय नाम हो । रेडक्रस लगायत अन्य विभिन्न सामाजिक संघ संस्था तथा क्लबहरूमा सक्रीय थिए । रेडक्रसको आजीवन सदस्य समेत रहेका घिमिरेले सन् २०१२-१३ का लागि लायन्स क्लब भरतपुर हाइटको अध्यक्ष भई काम गरेको अनुभव संगालिसकेका छन् ।

अमेरिका आएपछि आफ्नै व्यवसाय संचालन गर्दै आएका घिमिरे सामाजिक क्रियाकलापमापनि उत्तिकै सक्रिय भेटिन्छन् । उनी यहाँको नेपाली समुदायका हरेक गतिविधिमा अहं भूमिकामा देखिन्छन् नेपाली समुदायद्वारा निर्मित नेपालीहरूको धरोहर हिन्दु बुद्ध मन्दिरलाई एक हजार डलर दिई संस्थापक सदस्य बनेका उनले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा थप पाँच हजार दान गरेका छन् ।

वि.सं.२०७५ चैत २१ बिहीवार १०:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...