back
CTIZAN AD

राष्ट्रपतिको राजिनामापछि अल्जेरियामा व्यापक परिवर्तनको माग

वि.सं.२०७५ चैत २१ बिहीवार

735 

shares

२१ चैत, अल्जियर्स ।  अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्यपछि अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् ।
राष्ट्रपति बोतेफ्लिको राजिनामापछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उनीहरुले अब त्यहाँ व्यापक मात्रामा परिवर्तन हुनुपर्ने माग गरेका बताइएको छ ।

उत्तर अफ्रिकी यस देशमा केही हप्तायता राष्ट्रपतिको राजिनामा माग गर्दै भीषण रुपमा प्रदर्शनहरु भएका थिए । त्यसपछि राष्ट्रपतिले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिनुभएको सरकारी सञ्चार माध्यमले मङ्गलबार जनाएको थियो ।

बुढ्यौलीका कारण अशक्त अवस्थामा पुग्नुभएका राष्ट्रपतिको घोषणालगत्तै सडकमा मानिसहरु भेला भएर हिजै खुशीयाली मनाएका थिए । अल्जेरियाको राजधानी अल्जियस्र्का मुख्य चोक र सडकमा मानिसहरु देशको झण्डासहित ठूलो संख्यामा भेला भएका थिए ।

कैयौँ अल्जेरियाली नागरिकले बोतेफ्लि बाहेक अन्य कुनै राष्ट्रिपतिको रुपमा चिनेका नै छैनन् । करिब दुई दशकदेखि शक्तिमा रहुनुभएका राष्ट्रपति सन् २०१३ मा हृदयघात भएपछि विरलै मात्र सार्वजनिक कार्यक्रममा देखिने गर्नु भएको थियो ।

टेलिभिजन फुटेजमा राष्ट्रपति बोतेफ्लिकाले आफ्नो राजीनामा संवैधानिक परिषदका प्रमुख तायिब बेलाइजलाई बुझाउनुभएको देखाइएको थियो ।
राजीनामा गर्नुपर्ने माग गर्दै केही समयदेखि देशव्यापी विरोध प्रदर्शन समेत भएका छन् ।

देशव्यापी प्रदर्शन बढ्दै गएपछि राष्ट्रपतिका विश्वासपात्र उच्च पदस्थ व्यक्तिहरुले समेत राजीनामा दिएका थिए । विगत २० वर्षदेखि अल्जेरियाको राष्ट्रपति रहनुभएका बोतेफ्लिलाई सन् २०१३ मा हृदयाघात समेत भएको थियो ।

राष्ट्रपति बोतेफ्लिे गत फेब्रुअरीमा आफू पुनः राष्ट्रपतिमा उठ्न सक्ने बताएपछि राष्ट्रव्यापी प्रदर्शन तीव्र बन्दै गएको थियो । अशक्तताका कारण सार्वजनिक समारोहमा समेत उपस्थित हुन छाड्नु भएका ८२ वर्षीय राष्ट्रपति अब्देलाजीजको यो चौथो कार्यकालमा थिइन् ।

राष्ट्रपतिले गत महिना राष्ट्रपतिमा उम्मेदवार नहुने घोषणा गर्नु भएको भए तापनि यसै अप्रिलका लागि तयारी गरिएको राष्ट्रपतिको चुनाव एकाएक स्थगित गरेपछि सर्वसाधारणको आक्रोस बढेको थियो ।
गत मङ्गलबार अल्जेरियाका सेनाप्रमुख जनरल अहमद सलाहले राष्ट्रपति स्वयंले राजीनामा गर्नुपर्ने अथवा संसदले राष्ट्रपतिलाई संविधान बमोजिम विस्थापित गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको थियो ।
सेनाप्रमुख सलाहलाई सन् २००४ मा राष्ट्रपति बोतेफ्लिले नै नियुक्त गर्नुभएको थियो । गत बुधबार हालै मात्र हटाइएका प्रधानमन्त्री अहमद औहाइयाले पनि राष्ट्रपतिको राजीनामा माग गरेका थिए ।
अल्जेरियाको संविधान अनुसार राष्ट्रपतिले राजीनामा बुझाएको अवस्थामा राष्ट्रिय सभाका सभामुखले अन्तरिम राष्ट्रपतिका रुपमा कार्य गर्न सक्नेछन् । अन्तरिम राष्ट्रपतिले ९० दिनभित्र राष्ट्रपतिको चुनाव गराउनुपर्ने प्रावधान यहाँको संविधानमा छ ।

वि.सं.२०७५ चैत २१ बिहीवार १४:२३ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...