back
CTIZAN AD

विदेशमा ज्यान गुमाउनेहरुको सम्झनामा बन्यो यस्तो गीत

वि.सं.२०७५ चैत २१ बिहीवार

720 

shares

काठमाण्डौ । धन कमाउने आशमा वैदेशिक रोजगारिमा गएर जीवन गुमाउनेहरुको कथालाई लिएर मनछुने नेपाली लोक दोहोरी गीत ‘जालमा फसायौ’ सार्वजनिक भएको छ ।
पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुति रहेको गीतमा स्वर प्रभावन जे र पार्वती कार्कीको रहेको छ । लोक दोहोरीमार्फत धन कमाउने सपना बोकि वैदेशिक रोजगारिमा गएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता र त्यसबाट परिवारमा पर्ने चोटलाई यस गीतमा प्रस्तुत गरिएको छ ।

शब्द तथा संगीत प्रभावन जे को रहेको गीतमा संगीत संयोजन भुवन प्रकाश बडुले गरेका छन् । बिग एचडि परिवेष रेर्कडिङ स्टुडियोमा गीत रेर्कड गरिएको हो । नारायण दंगाल र स्वंम गायीका पार्वती कार्किको अभिनय रहेको ‘जालमा फसायौ’ बलको गीतको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन स्वंयम प्रभावन जे ले गरेका छन् भने कला निर्देशन राजाराम गौतमको रहेको छ । गीतको म्युजिक भिडियो छांयाकन रोनिश तामाङ, ग्राफर विषेश मर्हजनले गरेका छन् भने सम्पादन नविन भट्टको रहेको छ ।

जालमा फसायौको पहिलो भाग अहिले सार्वजनिक गरिएको हो भने जालमा फसायौ भाग–२ को पनि तयारी अन्तिम अवस्थामा पुगेको निर्देशक प्रभावन जे ले जानकारी दिए । गीतको म्युजिक भिडियो डि.ए.आर मुभिजको अफिसियल युट्युव च्यानलबाट आमदर्शक तथा श्रोता माझ प्रस्तुत गरिएको छ ।

वि.सं.२०७५ चैत २१ बिहीवार १४:२५ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...