back

विदेशमा ज्यान गुमाउनेहरुको सम्झनामा बन्यो यस्तो गीत

वि.सं.२०७५ चैत २१ बिहीवार

162 

shares
NTC AD
Global IME AD

काठमाण्डौ । धन कमाउने आशमा वैदेशिक रोजगारिमा गएर जीवन गुमाउनेहरुको कथालाई लिएर मनछुने नेपाली लोक दोहोरी गीत ‘जालमा फसायौ’ सार्वजनिक भएको छ ।
पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुति रहेको गीतमा स्वर प्रभावन जे र पार्वती कार्कीको रहेको छ । लोक दोहोरीमार्फत धन कमाउने सपना बोकि वैदेशिक रोजगारिमा गएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता र त्यसबाट परिवारमा पर्ने चोटलाई यस गीतमा प्रस्तुत गरिएको छ ।

शब्द तथा संगीत प्रभावन जे को रहेको गीतमा संगीत संयोजन भुवन प्रकाश बडुले गरेका छन् । बिग एचडि परिवेष रेर्कडिङ स्टुडियोमा गीत रेर्कड गरिएको हो । नारायण दंगाल र स्वंम गायीका पार्वती कार्किको अभिनय रहेको ‘जालमा फसायौ’ बलको गीतको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन स्वंयम प्रभावन जे ले गरेका छन् भने कला निर्देशन राजाराम गौतमको रहेको छ । गीतको म्युजिक भिडियो छांयाकन रोनिश तामाङ, ग्राफर विषेश मर्हजनले गरेका छन् भने सम्पादन नविन भट्टको रहेको छ ।

जालमा फसायौको पहिलो भाग अहिले सार्वजनिक गरिएको हो भने जालमा फसायौ भाग–२ को पनि तयारी अन्तिम अवस्थामा पुगेको निर्देशक प्रभावन जे ले जानकारी दिए । गीतको म्युजिक भिडियो डि.ए.आर मुभिजको अफिसियल युट्युव च्यानलबाट आमदर्शक तथा श्रोता माझ प्रस्तुत गरिएको छ ।

वि.सं.२०७५ चैत २१ बिहीवार १४:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD