back
CTIZAN AD

बेलायतीलाई निःशुल्क भिसा दिने प्रस्ताव युरोपेली संसदद्वारा पारित

वि.सं.२०७५ चैत २१ बिहीवार

564 

shares

२१ चैत, ब्रसेल्स – युरोपेली संसदले बिहीबार बिना सम्झौता युरोपेली यूनियनबाट बेलायत बाहिरिए पनि बेलायती नागरिकलाई युरोपेली यूनियनका मुलुकहरुको भ्रमण गर्दा शुल्क नलिने कानुन पारित गरेको छ ।

नयाँ कानुन बमोजिम शेनजेन पासपोर्ट अपनाउने युरोपेली मुलुकहरुमा ९० दिनभन्दा कम समयावधिको भ्रमणमा गर्दा बेलायती नागरिकलाई भिसा आवश्यक पर्नेछैन ।

संसदमा उक्त विधेयकमाथि भएको मतदानमा ५०२ मत पक्ष र ८१ मत विपक्षमा परेको थियो । २९ जना सांसद भने अनुपस्थित रहेका थिए । ब्रेक्जीटको परिणाम जेसुकै आएपनि लाखौं बेलायती नागरिकलाई युरोपका विभिन्न मुलुकमा छुट्टी मनाउन सहज हुनेछ ।

तर यसको बदलामा बेलायतले पनि युरोपेली मुलुकका नागरिकलाई यस्तै सुविधा दिनु पर्नेछ । बेलायतले पनि युरोपेली मुलुकका नागरिकलाई यस्तै व्यवहार गर्ने जनाएको छ ।

युरोपेली संसदमा यस विधेयकमाथि छलफल हुँदा स्पेनी सांसदहरुले भने जिब्राल्टरको विषयमा जोडदार आवाज उठाएका थिए । जिब्राल्टरलाई बेलायतको उपनिवेश मान्न नहुने स्पेनी प्रतिनिधिहरुको तर्क थियो । स्पेनले जिब्राल्टरलाई आफ्नो भूभागका रुपमा ब्याख्या गर्ने गरेको छ ।

बेलायतले भने जिब्राल्टरलाई बेलायतको उपनिवेश मान्ने गरेको छ । यहाँका जनताले बेलायतसँगको आबद्धता नत्याग्ने बताइसकेको बेलायतको दाबी छ ।

वि.सं.२०७५ चैत २१ बिहीवार १७:१६ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...