back
CTIZAN AD

चोरीको स्कुटरसहित एक जना पक्राउ

वि.सं.२०७५ चैत २२ शुक्रवार

687 

shares

२२ चैत, साँखु ।  महानगरीय प्रहरी प्रभाग कपनले चोरीको स्कुटरसहित एक जनालाई पक्राउ गरको छ । बिहीबार काठमाडौँ महानगरपालिका-६ रामहिटी मुकुम गुम्बा नजिक सडकछेउमा पार्किङ गरिराखेको बा २९ प ६०७९ नंको कालो रङको डियो स्कुटर चोरी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उजुरीपछि प्रभागका प्रहरी निरीक्षक मीनबहादुर कुँवरसहितको प्रहरी टोलीले बिहीबार साँझ बुढानीलकण्ठ नगरपालिका-१० कपन मिलनचोकबाट स्कुटरसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।

ओखलढुङ्गा घर भई कपन साततले बस्ने १६ वर्षीय विकास रानामगरलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी निरीक्षक कँुवरले जानकारी दिएका छन् ।

प्रहरी प्रभाग कपनले यसअघि पनि बुढानीलकण्ठबाट मोटरसाइकल चोरी गरी फरार भएको भन्दै प्रहरीको हटलाइनमा उजुरी परेको केही समयमै चोरसहित कपनबाट मोटरसाइकल बरामद गरेको थियो ।

वि.सं.२०७५ चैत २२ शुक्रवार ०९:०९ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...