back
CTIZAN AD

चितवन राष्ट्रिय निकुञ्जभित्र विक्रमबाबा मेला आजबाट शुरु

वि.सं.२०७५ चैत २२ शुक्रवार

1.4K 

shares

२२ चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा विक्रमबाबा मेला शुरु भएको छ । रुखमुनि हरेक वर्षको चैते दशैँमा मेला लाग्ने गर्दछ । स्थानीय केरुङ्गा र पटिहानी मध्यवर्ती सामुदायिक वनले मेलाको व्यवस्थापन गर्ने गरेको छ ।

मेला व्यवस्थापन समितिका संयोजक रामप्रसाद चालिसेका अनुसार आजबाट आगामी वैशाख ६ गतेसम्म मेला लाग्ने छ । मेलामा आउनेका लागि शौचालय, खानेपानी, पार्कीङ्, सडक मर्मतसम्भार एवं व्यवस्थापन गरिएको छ । स्वंयमसेवक परिचालन गरेर मेला व्यवस्थित बनाइएको उनले बताए ।

परापूर्वकालदेखि थारु जातिले पूजा गर्दैआएको विक्रमबाबाको पूजा हाल आएर सबै जातजातिले एक भएर चैते दशैँका अवसरमा आंैसीदेखि पूर्णिमासम्म पूजाआजा गरेर मनाउने गर्दछन् । विक्रमबाबामा पूजाआजा गर्नाले सन्तान नभएकालाई सन्तान प्राप्त हुने र सन्तान हुनेको सन्तान दीर्घायु हुने जनविश्वास रहेको छ । मनमा चिताएका कुरा पूरा हुने विश्वास पनि रही आएको छ ।

मेलामा होटल, खुद्रा सामाग्री, कपडालगायतका स्टल छन् । मेलामा वनभोज खाने ठाउँ समेत छ । मेलामा १०६ पूजा सामग्री पसल, ९४ फेन्सी र ६४ होटल रहेका चालिसेले बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले ठाउँ÷ठाउँमा सिसी क्यामरा र स्पायी क्यामेरा राखेर अनुगमन गरिएको बताए ।

ठूलो सङ्ख्यामा मानिसको आवागमन हुने भएकाले सुरक्षामा उच्च सतर्कता अपनाइएको उनले बताए । यसैवर्षको जनबरी १ तारीखबाट निकुञ्जमा प्लाष्ट्रिक प्रवेशमा कडाइ गरिएकाले कपडाका झोला प्रयोग गर्न निकुञ्जले अनुरोध गरेको छ । गतवर्ष झण्डैं चार लाखले विक्रमबाबाको दर्शन गरेको अनुमान गरिएको थियो । विक्रमबाबामा बोकाको बलि र परेवा छाड्ने गरिन्छ । मेला भर्न नेपाल, भारत तथा अन्य देशबाट समेत भक्तजन आउने गरेको मेला आयोजकले जनाएको छ ।

वि.सं.२०७५ चैत २२ शुक्रवार १४:०४ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...