back

कोरियाको उत्तरपश्चिममा डढेलो, पाँच सहर प्रभावित

वि.सं.२०७५ चैत २२ शुक्रवार

33 

shares
file -photo

२२ चैत, सोल ।  दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ ।

डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका थिए । राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको जङ्गलमा स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो । तीव्र हावाहुरीका कारण जङ्गलको डढेलोले करिब दुई सय ५० हेक्टर वन क्षेत्र ध्वस्त भएको छ भने एक सय २५ वटा घर क्षतिग्रस्त भएका छन् । हजारौँ स्थानीयबासीलाई रातारात सकुसल उद्धार गरिएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय प्रकोप व्यवस्थापन निकायसँग छलफल गरेका थिए । उनले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न आदेश दिए छ । तीव्र बेगको हावा र अँध्यारोका कारण अग्निनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई उत्पन्न भएको बताइएको छ । यस डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ । उद्धार कार्यमा १० हजारभन्दा बढी अग्नि नियन्त्रक, सुरक्षाकर्मी र अन्य उद्धारकर्मी परिचालन गरिएको छ ।

वि.सं.२०७५ चैत २२ शुक्रवार १८:०२ मा प्रकाशित

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

  टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक...

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका...

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

लन्डन  । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई...

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...