back
CTIZAN AD

कमरेडहरूको सम्मेलन !

वि.सं.२०७५ चैत २२ शुक्रवार

735 

shares

भर्खरै भर्खरै
सुरु भएको छ कमरेडहरूको सम्मेलन !

सम्मेलनमा
किसान कमरेडहरू छैनन्
मजदूर कमरेडहरू छैनन्
छन त ती कमरेडहरू पनि छन
तर ती कामदारको भूमिकामा छन !

सम्मेलनमा
दलित कमरेडहरू छैनन
महिला कमरेडहरू छैनन
मधेशी कमरेडहरू छैनन
जनजाती कमरेडहरू पनि छैनन
छन त ती कमरेडहरू पनि छन
तर ती दर्शकको भूमिकामा छन !

सम्मेलनको आयोजक समितिमा
नोकरशाह कमरेडहरू छन
सम्मेलनका प्रतिनिधिहरू
ठेकेदार कमरेडहरू र
जग्गा दलाल कमरेडहरू छन
पर्यवेक्षकको भूमिकामा
भ्रष्टचारी कमरेडहरू छन
उद्योगपति कमरेडहरू छन
आइ एन जिओ प्रमुख
कलेज तथा अस्पतालका
मालिक कमरेडहरू छन
सूरक्षा व्यवस्थामा
प्राय डन कमरेडहरू छन
छन त अरु कमरेडहरू पनि छन
तर ती कठैवरा कमरेडहरू छन !

सम्मेलन कक्षमा
राखिएको छ पुरानो झण्डा
झण्डाले कमरेडहरूलाई चिनेको छैन
कमरेडहरूले झण्डा चिनेका छैनन
एउटा विकृत मुडमा शान्त छ झण्डा
कमरेडहरूको दिलमा
अम्वानीले पठाएको झण्डा छ
फर्फर फर्फर फहराएको
खास षडयन्त्रको लागि छ पुरानो झण्डा
सम्मेलन सुरु हुदै छ !

दौरा सुरुवाल र ढाका टोपीमा
ठ्याक्कै पञ्चहरूकै ढाँचामा
मञ्चमा लहरै बसेका छन
बाहुन क्षेत्री अनुहारका कमरेडहरू
छन त अरु कमरेडहरू पनि छन
तर ती निरिह , निमुखा र निर्जीव छन !

सम्मेलनले
नोकरशाह कमरेडहरू प्रस्तावमा
ठेकेदार कमरेड
भ्रष्टचारी कमरेड
कमिशनखोर कमरेड
जग्गा दलाल कमरेडहरू
र डन कमरेडहरूको समर्थनमा
समाजवादी कार्यक्रम पास गर्यो भर्खरै !

त्यसपछि ,
सवैभन्दा समाजवादी बने
ठग, भ्रष्ट र कमिशनखोरहरू
किसान र मजदूर शङ्काको सूचीमा परे
दलित र महिलाहरू परिक्षणमा राखिए
सम्मेलनको हलबाट
बेतोडले निस्क्यो समाजवादी घोडा
र मजदूरको छात्तीलाई सडक बनाएर
देश दौडाहामा निस्क्यो !

देश देशबाट
शुभकामनाको ओइरो छ
पहिलो शुभकामना छ मिस्टर ट्रम्पको
दोश्रो छ – मिस्टर मोदीको
तेश्रो छ- सिजिन पिनको
सम्मेलन जारी छ !
कमरेडहरू बहसमा व्यस्त छन !

बहसबाट निस्केको पीरो प्रदुषणले
देशमा कोलाहल छाएको छ
कमरेडहरूको सम्मेलन जारी छ !

२०७५|०७|६२६
ढल्को

 

वि.सं.२०७५ चैत २२ शुक्रवार १७:२३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...