back
CTIZAN AD

बोको हरामको बारुदी सुरुङमा परी ५६५ जनाको मृत्यु

वि.सं.२०७५ चैत २२ शुक्रवार

711 

shares

२२ चैत, लागोस ।  नाइजेरियाको सधैँजसो अशान्त भइरहने उत्तरपूर्वी क्षेत्रमा बोको हरामका सशस्त्र आतङ्ककारी समूहले थापेको बारुदी सुरुङमा परेर सन् २०१८ मा मात्र कम्तीमा पनि पाँचसय ६५ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको बारुदी सुरुङ नियन्त्रणसम्बन्धी निकायले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा उक्त जानकारी दिइएको हो ।

उनीहरुले यस्तो हिंसात्मक हमला अहिले पनि जारी नै राखेका छन् ।

नाइजेरियाका बोको हरामहरुको जन्मस्थल मानिने माइदुगुरीमा आयोजना गरिएको एक कार्यक्रममा उक्त निकायका निर्देशक लियोनल पेचराले बिहीबार सो जानकारी दिएका हुन् ।

विश्वमा बारुदी सुरुङविरुद्धमा अभियान सञ्चालन गर्ने क्रममा माइदुगुरीमा बिहीबार बारुदी सुरुङका विरुद्धमा जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

बोको हरामले सडक आसपास मात्र नभएर खेतीपाती र अन्यत्र जथाभाबी बारुदी सुरुङ थाप्ने गरेकाले आम मानिसमा त्रास फैलिएको र किसानहरुलाई खेतबारीमा जान डर हुने गरेको ती अधिकारीले जानकारी दिए ।

उनले भने, बारुदी सुरुङ निकै खतरनाक भएकाले यसका कारण नागरिकमा पनि ठूलो त्रास बढेको, सर्वसाधारण नागरिक निर्धक्क भएर बाटो हिँड्न या आफ्नो खेतीबालीमा जान पनि नसक्ने अवस्था आएको छ ।

उनले संसारमा नै यस्तो घातक कार्यको विरोध गर्न र संसारका नागरिकलाई यसका विरुद्धमा सचेत हुन सक्नेगरी सन्देश दिन आग्रह गरे ।

बोको हरामको हिंसाका कारण सन् २००९ देखि हालसम्म कम्तीमा २० हजार नागरिकको ज्यान गइसकेको छ । यो नागरिक हत्याको क्रम प्रतिदिन बढ्दो रुपमा रहेको अधिकारीहरुको भनाई छ ।

उनीहरुको हिंसाका कारण यहाँका करिब २६ लाख नागरिक घरबारबिहीन भएका छन् । त्यसैगरी अरु लाखौँ नागरिकले आफ्नो घरबास नै छाडेर आन्तरिक तथा बाह्य रुपमा नै शरणार्थीका रुपमा बाँच्नु परिरहेको छ ।

चाड, नाइजर र क्यामरुनमा सक्रिय यस चरमपन्थी समूहले सन् २०१५ मा इस्लामिक स्टेट लडाकू समूहसँग सहकार्य गरेको घोषणा गरेको थियो ।

वि.सं.२०७५ चैत २२ शुक्रवार १८:०८ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...