back
CTIZAN AD

किन लागे भारतीय प्रधानमन्त्री मोदीविरुद्ध ६०० कलाकार ?

वि.सं.२०७५ चैत २५ सोमवार

855 

shares

२५ असोज, काठमाडौं । भारतमा लोकसभाको चुनाव नजिकिदैं छ । मुख्य रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी बीजेपी, र काग्रेस आई तिब्र प्रतिश्पर्धाको चुनावी मैदानमा होमिएको छ । दुवैका चुनावी नारा र मत तान्न गरिएको प्रचार प्रसार निक्कै नै आकर्षक देखिन्छ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धिकी बहिनी (पार्टीकी महासचिव) प्रियंका गान्धि पनि यसपालीको चुनावमा जोडतोडले लागेकी छन् ।

त्यस्तै चुनावमा भारतीय कलाकारहरु पनि विभिन्न पार्टीबाट उम्मेदवारका रुपमा चुनावि मैदानमा छन् । भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेकी एक समयकी चर्चित अभिनेत्री हेमामालीनी किसानका खेतमा गएर धान काट्ने र किसानका ट्याक्टर चलाएर किसानको मत तान्ने कोशिषमा लागेकी छन् ।
तर,लोकप्रिय प्रधानमन्त्रीका रुपमा मानिएका नरेन्द्र मोदी र उनको पार्टीलाई ६०० कलाकारले बहिष्कार गर्ने नारा लगाइरहेका छन् ।

पाँचदिन अघिमात्र भारतका ६०० कलाकारले बिजेपी र उसको गठबन्धनलाई चुनावमा बहिष्कार गर्ने बताएका हुन् । उनीहरुले मतदातालाई विजेपीलाई भोट नदिन समेत अनुरोध गर्दै अपिल पत्र जारी गरेका छन् ।

जसमा बलिउड अभिनेता नसरुद्धिन शाह, अनुराग कश्यप, मानव कौल, कोनकोणा सेज शर्मा लगायतले हस्ताक्षर गरेको उक्त अपिल पत्रमा बीजेपीलाई मतदान गर्नु भन्दा पहिले प्रेम, करुणा समानता र सामाजिक न्यायका पक्षमा मत जाहेर गर्न भनेका छन् ।

उनीहरुले खराब शक्ति र असभ्यतालाई परास्त गर्नका लागि पनि बीजेपी तथा उसको गठबन्धनलाई मत दिन नहुने अभिव्यक्ति सार्वजनिक गरेका हुन् । उनीहरुले पाँच वर्ष सम्म देशको उद्धारकर्ता झै गरी प्रधानमन्त्री बनेर मोदीले आफ्नो नीतिमार्फत् देशका लाखौ जनताको रोजीरोटि खोसेको आरोप समेत लगाएका छन् ।

उनीहरुले यसलाई घृणित राजनीति विरुद्धको अभियान भएको बताउँदै यसपटकको चुनाव महत्वपूर्ण भएको र मतदाताले बुद्धिमतापुर्वक मत दिएर सहि नेतृत्व चयन गर्नुपर्ने समेत सुझाएका छन् ।

वि.सं.२०७५ चैत २५ सोमवार १२:३८ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...