back
CTIZAN AD

गर्मीमा खानैपर्ने यी पाँच फल

वि.सं.२०७५ चैत २५ सोमवार

2.3K 

shares

गर्मीको मौसमलाई फलफूलको मौसम मानिन्छ । गर्मीको सीजनमा आउने फलललाई स्वास्थ्यका लागि हितकर मानिन्छ । गर्मीमा पाचन समस्या र डिहाइड्रेसनको समस्या पनि बढ्ने गर्दछ ।

गर्मीका बेला शरीरमा पानीको पनि कमी हुने हुनाले फलफूलको बढी सेवन लाभदायक मानिन्छ । प्रयास सबै फलफूल भिटामिन्स र एंटिअक्सिडेन्टले भरपुर हुन्छन् । त्यसकारण पनि गर्मीको मौसममा यी पाँच फल खानु उपयुक्त हुने बताउँछन् स्वास्थ्यविज्ञहरु ।

मेवा-मेवा पेटको लागि अत्यन्तै फाइदाजनक मानिन्छ । पोषक तत्वले भरिएको मेवामा प्रयाप्त मात्रामा बीटा क्यारोटिन, भिटामीन, फाइवर र पोटासियम पाइन्छ । मेवामा पाइने भिटामीन ए ले आँखामा तेजिलो पन ल्याउनुका साथै रगत सफा गर्ने बताइन्छ । महिलाको लागि विशेष मानिन्छ मेवा । मेवा सेवनका कारण छालामा विशेष निखारता ल्याउछ ।

नरिवलको पानी-नरिवल जुन मौसममा खादा पनि फाइदा गर्दछ । तर, गर्मीको मौसममा नरिवलमा रहेको पानी पिउनाले शरीरलाई विभिन्न फाइदा गर्दछ । नरिवलको पानीमा इलेक्ट्रोलाइट्स हुने हुनाले शरीरमा पानीको कमि पूरा गर्ने तथा डिहाइड्रेशनबाट बचाउँछ । साथै नरिवलको पानीले तपाइको रगतमा प्लेटलेसको कमी बढाउने काम गर्छ । त्सयले तपाइको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्दछ ।


काक्रा-गर्मीको मौसममा काक्रा सहज रुपमा पाइने चीज हो । अन्य फलफूल भन्दा जहाँ पनि सहज रुपमा पाइने काक्रामा ९५ प्रतिशत पानी हुन्छ । यसले तपाइको शरीरको तापमान नियन्त्रण गर्नमा सहयोग गर्दछ । यसका साथै यसले शरीरमा रहेको विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्दछ । काक्रा ब्लड प्रेसर नियन्त्रण राख्नका लागि पनि उपयोगी फल मानिन्छ । यसले पाचनतन्त्रमा आउने गडबडीलाई पनि सहि बनाउन सहयोग गर्दछ ।


तरबूजा-तरबूजा पनि काक्रा जस्तै सहज उपलब्ध हुन्छ । तरबूजा मिठो र स्वादिष्ठ पनि हुन्छ । तरबूजामा पानी, काब्रोहाइड्रेड र फाइबर भरपूर मात्रामा पाइन्छ । तरबुजाले शरीरमा भएको पानीको कमि पूरा गर्दछ । यसमा कोलेस्ट्रोल नहुने तथा आँखाका लागि पनि फाइदाजनक हुन्छ । तरबूजा आफैमा पानी जस्तै हुने भएकाले तरबूजा खाँदा पानी नपिउन सुझाव दिन्छन् स्वास्थ्यविज्ञ । तरबूजामा रहेको सिट्रयूलाइनले मोटोपन घटउान समेत सहयोग गर्दछ ।


खरबूजा-खरबूजा गर्मीमा सहज रुपमा पाइने फल हो । नेपालमा रातो तरबूजालाई नै खरबुजा भनेर खाने चलन छ । तर, खरबुजा जस्तै बिया भएको अर्को पहलो कलरको फल पनि हुन्छ । जो तरबूजा भन्दा सानो आकारको र खाँखा तरबूजा भन्दा नरम र लेसिलो हुन्छ । नेपालमा यसलाई फलफूलका रुपमा खाने चलन कमै छ । तर, पछिल्लो पटक नेपालीको भान्सामा बढी मात्रामा प्रयोग भएको पनि पाइन्छ । यसमा भिटामीन ए, बी, सी, म्याग्नेशियम, सोडियम र पोटाशियम पाइन्छ । उक्त फल गर्भवती महिलाका लागि बढी फाइदाजनक रहेको मानिन्छ । यसका साथै भरपूर रुपमा पाइने फाइबरका कारण पेट सफा राख्न मदत गर्दछ ।

 

वि.सं.२०७५ चैत २५ सोमवार १२:५५ मा प्रकाशित

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...