back

उच्च रक्तचाप घटाउनका लागि डा.ओममुर्ति अनिलका १० सुझाव

वि.सं.२०७५ चैत २५ सोमवार

39 

shares

नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममुर्ति अनिलले रक्तचाप घटाउनका लागि बिभिन्न १० उपायहरु सुझाएका छन् ।

मानवस्वास्थ्यका लागि उच्च रक्तचाप नियन्त्रण गर्न जरुरी रहेकोले जति कम गराउँदै जान सकिन्छ त्यति फाइदा हुने उनले बताएका छन् ।

उच्च रक्तचापको औषधि खाइरहेका व्यक्तिहरुको रक्तचाप झन नियन्त्रण भएको हुनुपर्ने बताउँदै डा. अनिलले जुनसुकैबेला पनि रक्तचाप १२० र ८० भन्दा कम भएमा राम्रो हुने बताउँछन् ।

कतिपय अवस्थामा औषधि खाँदा पनि रक्तचाप नियन्त्रणमा आउन नसकेमा त्यस्ता व्यक्तिले औषधिको मात्रा बढाएरै पनि रक्तचाप नियन्त्रणमा ल्याउनुपर्ने र जीवनशैलीमा थप परिवर्तन गर्नुपर्ने उत्तिकै जरुरी रहेको पनि डा. अनिल बताउँछन् । मुटुरोगीका लागि त रक्तचाप नियन्त्रण राख्नु अतिआवस्यक हुने उनी बताउँछन् ।
उच्च रक्तचाप कर्म गर्न अपनाउनुपर्ने यी १० उपाय

धुम्रपान बन्द गर्नुस् – यदि तपाँई धुम्रपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ ।

मोटोपना घटाउनुस्-यदि तपाईँमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ ।

शारीरिक गतिविधि- यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ ।

मदिरा सेवन नियन्त्रण- यदि तपाईँ मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवन गर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।

नुन कम-यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ अर्थात् नुन कम खानुपर्छ ।

तनाव कम-उच्च रक्तचाप नियन्त्रणका लागि परिवर्तन गर्नुपर्ने जीवनशैलीको अर्काे उपाय तपाईँमा मानसिक तनाव छ भने तनाव कम गर्नुपर्छ ।

पोटासियमयुक्त खाना-पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ । साईट्रस फ्रुट्स जस्तै सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ । केरा र अन्य ताजा फलफूलमा पनि पोटासियम बढी पाइन्छ ।

ताजा फलफूल नियमित खानुपर्छ-ताजा फलफूलमा पाईने भिटामिन, मिनरल्स र फाइवरले मुटुलाई स्वस्थ्य राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ ।

प्रशस्त हरियो साग सब्जी खानुस् – प्रतिदिन नियमित २–३ पटक हरियो सागसब्जी खानुपर्छ ।
माछाको प्रयोग-हप्तामा दुई पटक माछा खाँदा राम्रो हुन्छ ।

वि.सं.२०७५ चैत २५ सोमवार १३:०० मा प्रकाशित

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन–माओवादी प्रवक्ता सापकोटा

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन–माओवादी प्रवक्ता सापकोटा

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले...

नेप्से परिसूचक सामान्य अङ्कको सुधार, आज कुन–कुन कम्पनीले गुमाए ?

नेप्से परिसूचक सामान्य अङ्कको सुधार, आज कुन–कुन कम्पनीले गुमाए ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...