back
CTIZAN AD

उच्च रक्तचाप घटाउनका लागि डा.ओममुर्ति अनिलका १० सुझाव

वि.सं.२०७५ चैत २५ सोमवार

747 

shares

नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममुर्ति अनिलले रक्तचाप घटाउनका लागि बिभिन्न १० उपायहरु सुझाएका छन् ।

मानवस्वास्थ्यका लागि उच्च रक्तचाप नियन्त्रण गर्न जरुरी रहेकोले जति कम गराउँदै जान सकिन्छ त्यति फाइदा हुने उनले बताएका छन् ।

उच्च रक्तचापको औषधि खाइरहेका व्यक्तिहरुको रक्तचाप झन नियन्त्रण भएको हुनुपर्ने बताउँदै डा. अनिलले जुनसुकैबेला पनि रक्तचाप १२० र ८० भन्दा कम भएमा राम्रो हुने बताउँछन् ।

कतिपय अवस्थामा औषधि खाँदा पनि रक्तचाप नियन्त्रणमा आउन नसकेमा त्यस्ता व्यक्तिले औषधिको मात्रा बढाएरै पनि रक्तचाप नियन्त्रणमा ल्याउनुपर्ने र जीवनशैलीमा थप परिवर्तन गर्नुपर्ने उत्तिकै जरुरी रहेको पनि डा. अनिल बताउँछन् । मुटुरोगीका लागि त रक्तचाप नियन्त्रण राख्नु अतिआवस्यक हुने उनी बताउँछन् ।
उच्च रक्तचाप कर्म गर्न अपनाउनुपर्ने यी १० उपाय

धुम्रपान बन्द गर्नुस् – यदि तपाँई धुम्रपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ ।

मोटोपना घटाउनुस्-यदि तपाईँमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ ।

शारीरिक गतिविधि- यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ ।

मदिरा सेवन नियन्त्रण- यदि तपाईँ मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवन गर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।

नुन कम-यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ अर्थात् नुन कम खानुपर्छ ।

तनाव कम-उच्च रक्तचाप नियन्त्रणका लागि परिवर्तन गर्नुपर्ने जीवनशैलीको अर्काे उपाय तपाईँमा मानसिक तनाव छ भने तनाव कम गर्नुपर्छ ।

पोटासियमयुक्त खाना-पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ । साईट्रस फ्रुट्स जस्तै सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ । केरा र अन्य ताजा फलफूलमा पनि पोटासियम बढी पाइन्छ ।

ताजा फलफूल नियमित खानुपर्छ-ताजा फलफूलमा पाईने भिटामिन, मिनरल्स र फाइवरले मुटुलाई स्वस्थ्य राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ ।

प्रशस्त हरियो साग सब्जी खानुस् – प्रतिदिन नियमित २–३ पटक हरियो सागसब्जी खानुपर्छ ।
माछाको प्रयोग-हप्तामा दुई पटक माछा खाँदा राम्रो हुन्छ ।

वि.सं.२०७५ चैत २५ सोमवार १३:०० मा प्रकाशित

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...