back

उम्मेदवार माग गरिएकोप्रति सीता सापकोटाको ध्यानाकर्षण

वि.सं.२०७५ चैत २७ बुधवार

87 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

नेपाली जनसम्पर्क समिती बेल्जियमकी सभापति सीता सापकोटाले एकताको पाँचौँ अधिवेशनका नाममा एकाकी रुपबाट सम्मेदवार माग तोकिएकोप्रति आफ्नो ध्यानकर्षण भएको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले संगठनलाई कुनै पनी जानकारी नगराई गोजीबाट निर्वाचन आयुक्त तोकी सुचना प्रकाशित गरी एकांगी ढंगबाट उम्मेदवार माग गरिएको देखिन आएकोमा नेपाली जनसम्पर्क समिती बेल्जियमको गम्भिर ध्यानाकार्षण भएको जनाएकी हुन्।

कार्यसमितीको पुर्ण बैठकबाट एकताको पाँचौ अधिवेसन सम्पन्न गर्नको लागी बिभिन्न उपसमितीहरु निर्माण गरिएको अबस्थामा एकाएक गुट खडा गरेर निर्वाचनका लागि सूचना जारी गर्नु गलत भएको बताएकी छिन् । साथै उनले अबैधानिक तवरबाट हुन गईरहेको उक्त प्रकृयामा सामेल नहुनु सम्बन्धीत सबैलाई अनुरोध गरेकी छिन् ।

उनले भनेकी छिन्:

“ध्यानाकार्षण”

आदारणिय बेल्जियमवासी नेपाली काग्रेस संग आवद्द अग्रजहरु, कृयासिल सदस्य ज्युहरु, साधारण सदस्य ज्युहरु तथा बेल्जिसमवासी तमाम आमा वुवा दाजु भाई तथा दिदी बहिनीहरु जय नेपाल।

यहाँहरु लाई अवगत नै छ र चाहेर वा नचाहेर पनी भन्नै पर्दछ की नेपाली जनसम्पर्क समिती बेल्जियममा बिगत केही समय देखी यता केही बिबादहरु देखिएका छन र यस बिबादले यहाँको समाजलाई पनी केही असर पक्कै पर्न गएको छ, त्यसप्रती हामी क्षमा प्रार्थी छौँ।

नेपाली जनसम्पर्क समिती बेल्जियममा देखिएको बिबादलाई अन्त्य गर्न र असन्तुष्ट साथीहरु लाई मिलाएर लान नेतृत्वले पटक पटक पहल गर्दा पनी एउटा यस्तो समुहले हाम्रो संगठनमा जरा गाडेको छ की त्यो समुहलाई जती गरे पनी जसरी मिलाउन खोजे पनी र उहाँहरुका मागहरु संगठनको नम्स भित्र रहेर सबै सम्बोधन गर्न तयार छौँ भन्दा पनी कुनै पाटोमा पनी मिल्न नसक्ने एउटा तत्वले काम गरेको छ, नेपाली काग्रेस केन्द्रिय कार्यालय बाट हालसालै प्राप्त च नं १५० को पत्र अनुसार समानान्तर समिती लाई बिघटन गरी मिलेर अगाडी जानु र एकताको अधिवेसन गर्नु भनी पत्रचार भए अनुसार नेतृत्वले पटक पटक मिलेर अगाडी जानको लागी पहल गर्यो तर उहाँहरु समझदारीमा आउनु भएन।

यसै क्रममा नेपाली जनसम्पर्क समिती बेल्जियमको कार्य समितीको पुर्ण बैठक बाट एकताको पाँचौ अधिवेसन सम्पन्न गर्नको लागी बिभिन्न उप समितीहरु निर्माण गरेको अबस्थामा एकाएक केन्द्रिय प्रतिनिधी ज्युले संगठनले गरेको निर्णयको बिरुद्दमा गई सिमित साथीहरुको गुटमा रही उहाँहरुकै सरसल्लाहले चली संगठनले नियुक्त गरेका निर्वाचन आयुक्त बलिराम झा जी लाई वा संगठनलाई कुनै पनी जानकारी नगराई उहाँकै गोजी बाट निर्वाचन आयुक्त तोकी अबैधानिक निर्वाचन आयुक्त राम थापा र पदम गुरुंगको नाम बाट हिजो सुचना प्रकाशित गरी एकांगी ढंग बाट आज उम्मेदवार माग गरिएको देखिन आएकोमा नेपाली जनसम्पर्क समिती बेल्जियमको गम्भिर ध्यानाकार्षण भएको छ।

यसप्रती संगठन पुर्ण असहमती जनाउँदै बेल्जियम स्थित कुनै पनी काग्रेसी साथीहरु लाई त्यस अबैधानिक तवरबाट हुन गईरहेको प्रकृयामा सामेल नहुनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

साथै नेपाली जनसम्पर्क समिती बेल्जियमका पाँचौँ अधिवेसको लागी आधिकारिक निर्वाचन आयुक्त बलिराम झा, उप संयोजक दिनेश भन्डारी र सदस्य सचिवमा झलक केसी रहेको समेत जानकारी गराउँदै उहाँहरु बाट आगामी पाँचौ अधिवेनको तयारीको लागी निर्वाचन प्रकृया अगाडी बढीरहेको समेत जानकारी गराउँदै आज हुने भनिएको उम्मेदवारी दर्ता भन्ने भ्रममा कोही पनी नपर्नु हुन पुन: अनुरोध गरिन्छ।
धन्यवाद जय नेपाल।
सीता सापकोटा
सभापती
नेपाली जनसम्पर्क समिती बेल्जियम ।

वि.सं.२०७५ चैत २७ बुधवार १३:०४ मा प्रकाशित

म्याग्दी समाज अमेरिकाको आठौ अधिवेशन सम्पन्न

म्याग्दी समाज अमेरिकाको आठौ अधिवेशन सम्पन्न

अमेरिका । म्याग्दी समाज अमेरिकाको आठौं अधिवेशन सम्पन्न भएको छ...

‘ऐन संशोधन नहुँदा एनआरएन नागरिकताको कार्यान्वयनमा समस्या’

‘ऐन संशोधन नहुँदा एनआरएन नागरिकताको कार्यान्वयनमा समस्या’

काठमाडौं । ऐन, कानुन र कार्यविधि समयमा संशोधन नहुँदा गैरआवासीय...

नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अध्यक्षमा बसन्ती राई

नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अध्यक्षमा बसन्ती राई

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाँचौ अधिवेशन...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा तोरण गुरुङ

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा तोरण गुरुङ

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण...

रुसमा हुने मानवतस्करी रोक्न भन्दै एनआरएनएद्वारा मन्त्री भण्डारीको ध्यानार्कषण

रुसमा हुने मानवतस्करी रोक्न भन्दै एनआरएनएद्वारा मन्त्री भण्डारीको ध्यानार्कषण

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया...

स्कटल्याण्डमा आगलागीमा परि नेपाली दिदी बहिनीको मृत्यु

स्कटल्याण्डमा आगलागीमा परि नेपाली दिदी बहिनीको मृत्यु

बेलायत । स्कटल्याण्डमा आगलागीमा परेर दुई नेपाली चेलीको निधन भएको...