back
CTIZAN AD

इजरायली प्रधानमन्त्री नेतान्याहुको दल विजयी

वि.सं.२०७५ चैत २७ बुधवार

678 

shares

२७ चैत, जेरुसेलम ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पाँचौं पटक प्रधानमन्त्री हुने सम्भावना रहेको इजरायली सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले सोमबार सम्पन्न आमनिर्वाचनमा सबैभन्दा बढी स्थानमा जितेर ठूलो पार्टी बनेको छ ।

तर नेतान्याहुले पूर्ण बहुमत सहितको सरकार गठन गर्न साना दलसँग सहकार्य गर्नुपर्ने अवस्था देखिएको छ । भ्रष्टाचारको आरोप खेपिरहेका ६९ वर्षीय वरिष्ट नेता नेतान्याहुमाथि उदारवादी पूर्व सैनिक बेन्नी गान्जको दलले कडा चुनौती दिएको थियो ।

करिब ९७ प्रतिशत मतगणना भइसक्दा १२० सदस्यीय इजरायली संसद नेसेटमा नेतान्याहुको लिकुड पार्टी र त्यसका सहयोगी पार्टीले ६५ स्थानमा विजय हासिल गरेका छन् ।

मतदान पछिको मतसर्वेक्षणमा पनि नेतान्याहु र गान्जको नेतृत्वमा रहेको ब्लू एन्ड ह्वाइट पार्टी दुबैबीच कडा प्रतिस्पर्धा हुने देखिएको थियो । तर दुबै पार्टीले स्पष्ट बहुमत भने प्राप्त गरेका छैनन् ।
साना दलको समर्थनमा सरकार बनाउनुपर्ने अवस्था रहे पनि लिकुड पार्टीले इजरायलका अतिवादी दक्षिणपन्थी दलहरुको समर्थन प्राप्त गर्नेछ ।

प्रधानमन्त्री नेतान्याहुले तेलअभिभमा बुधबार आयोजित एक कार्यक्रममा चुनावमा जनताले अभूतपूर्व समर्थन जनाएको भन्दै आमजनतालाई धन्यवाद दिएका छन् । “अबको सरकार दक्षिणपन्थीकै हुन्छ, तर म सबैको प्रधानमन्त्रीका रुपमा कार्य गर्नेछु ।”

तर ब्लू एन्ड ह्वाइटका अध्यक्ष गान्जले आफ्नो दलले सबैभन्दा बढी स्थान जित्ने भएकाले राष्ट्रपतिले आफूहरुलाई सरकार गठन गर्न बोलाउनु पर्नेमा जोड दिएका छन् ।

इजरायली चुनाव आयोगले मतदानको अन्तिम नतिजा बुधबार नै सार्वजनिक गर्ने तयारी गरेको छ ।

वि.सं.२०७५ चैत २७ बुधवार १३:०३ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...