back
CTIZAN AD

गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७५ चैत २९ शुक्रवार

969 

shares

२९ चैत, काठमाडौं । गृह मन्त्रालयले आफ्ना कर्मचारीहरु तोकिएको कार्यस्थलमा नगएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयको चैत ११ गतेको निर्णय अनुसार मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा पदस्थापन गरी कामकाजमा खटाइए पनि आ–आफ्नो जिम्मेवारी सम्हाल्न कर्मचारी ती कार्यालयमा अझै सम्म नपुगेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

ती कर्मचारीहरुलाई खटिएको ठाउँमा पुगेर तोकिएको जिम्मेवारी पूरा गरेर जनतालाई शान्ति सुरक्षा एवं शुसासनको प्रत्युभुति दिने गरी तत् कार्यालयमा हाजिर हुन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

‘खटिएको ठाउँमा गई तोकिएको पदीय जिम्मेवारी र जवाफदेहिता पूरा गर्दै जनतालाई प्रवाह हुने सेवा सुचारु राख्ने, शान्ति सुरक्षा एवं सुशासनको प्रत्याभूति दिने गरी तपाईबाट सम्पादन हुने कार्यबाट गृहप्रशासनको अत्यन्त महत्वपूर्ण र संवेदनशील लक्ष्य र उद्देश्य प्राप्त हुने विषयको मनन हुनुपर्नेमा पदस्थापना भएका कर्मचारीहरु हालसम्म तत् कार्यालयमा हाजिर हुन नगएको जानकारी हुन आएकोले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अत : आफ्नो पदीय जिम्मेवारी र कर्तव्यलाई गम्भिरतापूर्वक मनन गर्नु हुन समेत सचेत गराउँदै तत्काल खटाइएको कार्यालयमा हाजिर भै आफ्नो पदीय जिम्मेवारी सम्हाल्न सम्बद्ध कर्मचारीहरुलाई जानकाी गराइएको छ । अन्यथा प्रचलित कानून अनुसार कारबाही भै जाने व्यहोरा समेत यसै सूचनाद्धारा अवगत गराइन्छ ।’

वि.सं.२०७५ चैत २९ शुक्रवार ०८:३६ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...