back
CTIZAN AD

प्रधानमन्त्रीको तामा तुलसी र समाजवादको निष्ठा

वि.सं.२०७६ वैशाख १ आइतवार

717 

shares


 

‘जपिदैन हरी मनमा पीर नपरी’ नेपाली लोकलयमा बढि चल्ने यो भजन जस्तै गरी हाम्रा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले तामा र तुलसी छुने तथा बरपिपललाइ सांक्षि राख्ने नेपाली इमान संस्मरण गराउदै नयाँ बर्षको बिहानै दिएको शन्देश आम नेपालीका लागि निकै महत्वको छ । निकै महत्वको यसअर्थमा छ कि, ‘सुखी नेपाली र समृद्ध नेपाल’का लागि यो नयाँ कसम र उच्च प्रतिबद्धताको रुपमा आएको छ ।

समाजवाद शब्द सत्तारुढ कम्युनिष्ट पार्टीदेखि फोरम मात्र होइन, बिपीको सिद्धान्तमा चलेको बताउने कांग्रेस तथा अन्य साना बामपन्थी र मधेशवादी सबैलाई पनि प्रिय शब्द रहिआएको छ । तर यो शब्द भजेर, राखेर, जपेर वा गाएर मात्र समाजवादको यात्रा शुरु भएको भन्न सकिदैँन ।

हामी आजदेखि वि.सं २०७६ मा प्रवेश गरिसकेका छौ. । २०७५ को समिक्षामा लामो बहस गरिरहनु त्यति सान्दर्भिक छैन । २०७५ मा हामीले भोगको तीता, अप्ठ्यारा र प्रतिकुलतालाई मिठा, सहजता र अनुकुलतामा बदल्न २०७६ ले हामीलाई घच्घच्याइरहेको छ । हामी पुरानै मान्यतामा, पुरानै पाराले र घुमिफिरी उस्तै र उहि ठाउँमा जान सक्दैनौं । त्यसकारण पनि २०७६ लाई हामीले फेरि शुन्य वर्ष मानेर वा आधार तयारीको समय भनेर चित्त बुझाउन सक्दैनौं । हामीले १९९७ अगाडि देखि नै नेपाली समाजको आमुल परिवर्तनका लागि धेरै लडाइ लडिसकेका छौं र देश तथा जनताको समृद्धिका कुरा दोहो¥याइरहेका पनि छौं । यसअर्थमा पनि हामीले यो वर्षलाई ‘जम्प वर्ष’ का रुपमा लिन सक्नै पर्दछ ।

वि.स २०७२ को महाभूकम्प व्यर्होरेसँगै संविधान निर्माणको मुख्य काम सकेर मुलुकले संघीयताको मर्म अनुसार स्थानीय तहको चुनाव गराई स्थानीयस्तरमा सरकारको अनुभूति शुरुवात गराउने काम भएको छ । यस लगत्तै २०७४ मै प्रदेश र संघको निर्वाचन गराई सरकार गठन सहित विधि र पद्दति संस्थागत हुने क्रममा पुगेका छौँ । देशका प्रधानमन्त्री र प्रमुख राजनैतिक दलका जिम्मेवार नेताहरुले भनेजस्तो वि.सं २०७५ पूरै संरचना संस्थागत गर्नका लागि केन्द्रीत रहेको नकार्ने ठाउँ थिएन । अभ्यास आफैंमा संक्रमण भएकाले संक्रमणका समयमा अरु धेरै चीजको अपेक्षा गर्नु सम्भव थिएन भन्नेमा केही सत्यता पनि छ । तर, अब मुलुकले यो वा त्यो बहानामा प्रगतिको रथलाई घिस्रेको वा घिसारेको मात्रै देख्न सक्तैन ।

देशको भन्दा, कार्यकर्ता र जनताको भन्दा आफू र आफ्नो परिवार वरीपरि मात्र केन्द्रीत हुने व्यक्तिवादी जडतासँग जुध्न कठिन छ । तर यो काम नआँटने हो भने यात्रा तिव्र अराजकताबाट कुनै पनि बेला दुर्घटनामा पर्न सक्छ । नेकपा र नेपाली कांग्रेस लगायत अन्य साना ठूला दलले २०७६ लाई लोकतान्त्रिकरणको बर्ष घोषणा गर्न पनि जरुरी छ ।

हाम्रो प्रगतिको रथलाई संविधानले नै बाटो कोरीदिएको छ । यतिबेला प्रमुख र जिम्मेवार राजनैतिक दलहरु समाजवादबाट तल झर्ने स्थितिमा छैनन् भने धर्म निरपेक्षता र संघीयतालाई उल्ट्याउने तागत पनि कसैसँग छैन । समाजवाद शब्द सत्तारुढ कम्युनिष्ट पार्टीदेखि फोरम मात्र होइन, बिपीको सिद्धान्तमा चलेको बताउने कांग्रेस तथा अन्य साना बामपन्थी र मधेशवादी सबैलाई पनि प्रिय शब्द रहिआएको छ ।
तर यो शब्द भजेर, राखेर, जपेर वा गाएर मात्र समाजवादको यात्रा शुरु भएको भन्न सकिदैँन । राष्ट्रको नेतृत्व गर्नेहरुको प्रतिवद्धता, आचरण र व्यवहारबाट मात्र समाजवादको आधार सुदृढ हुने गर्दछ । हाम्रो सन्दर्भमा भन्नु पर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा कामरेड प्रचण्डमा पनि व्यक्तिवादी स्वार्थ, उपगुटका घेरा र गुटहरुका बाध्यता तोड्ने तथा राष्ट्रका कतिपय सवालमा पार्टी भन्दा पनि माथि उठ्ने अर्थात् सहमतीय संस्कृतिमा निपुर्णता ल्याउने आँट अझै बढ्न जरुरी छ । त्यसो त नेकपाका नेता माधब नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, रामबहादुर थापा र इश्वर पोखरेल लगायतका सचिवालय सदस्य, स्थायी समितिदेखि केन्द्रीय सदस्य एवं पार्टी सदस्य सम्मबाट व्यक्तिवाद मुक्त व्यवहार संप्रेषण हुन जरुरी छ । नेपाली कम्युनिष्ट आन्दोलन ब्यक्तिबादी महारोग र सम्पत्ति थुपार्ने भयानक संक्रमणबाट थला परेको छ ।

समाजवादको यात्राका लागि बैचारिक प्रतिबद्धता र व्यवहार मुख्य त हुन् नै तर समाजवादको सबैभन्दा ठूलो शत्रु व्यक्तिवाद भएकोले त्योसँगको निर्मम लडाई नेताहरुबाट लड्नु जरुरी छ । जबसम्म व्यक्तिको रुची, लहड वा दम्भलाई केन्द्र बनाइन्छ तबसम्म स्वार्थका कारण बन्ने उपगुट र गुुटहरु भत्काउन सकिदैंन । नेपालको सम्बन्धमा नेपाली कांग्रेस पनि यो भयानक रोगबाट औधि पीडित छ । सतहमा देखिएका देउवा, पौडेल र सिटौला गुट बाहेक कांग्रेसमा अरु धेरै उपगुटको अस्वस्थताले गर्दा गुटको संयोजन समेत राम्रोसंग हुन सकेको छैन । नेपाली कांग्रेस अहिले पनि सत्ता बाहिर छैन । सरकारमा नहुँदैमा सत्ताबाट टाढा भएको मान्नु हुँदैन । दलभित्रको लोकतन्त्र व्यवस्थापनका लागि विधि, नीति र पद्दतिमा कांग्रेस चल्ने हो भने लोकतान्त्रिकरणको प्रक्रियामा रहेको भनिएका कम्युनिष्टहरुको व्यवस्थापनमा समेत सकरात्मक प्रभाव पु¥याउन सक्दथ्यो । कथनी र करणी फरक नगर्ने हो भने २०७६ मा कांग्रेसले आफूलाई अपडेट गरेर समाजवादको रथ हाँक्न लायक पार्टी बनाउन सक्ने बिश्वास अझै गर्न सकिन्छ ।

केही वर्ष देखि नेपालमा भन्ने गरिएको छ कि, ‘देशलाई सोच्ने नेताहरु भएनन् !’ यस्तो कुरा उठिरहँदा केही निश्चित नेता र थपडीबाजी हुइयाँहरुलाई अपच हुन सक्छ तर यो तितो सत्य भने हो । निश्चय पनि धेरै तितो भयो भनेर बर्तमान उपलब्धिलाई नै सखाप पार्ने उद्धृत तर्फ कुनै हालतमा सघाउन सकिदैंन । तर, नेतृत्वकर्ताहरुको गन्हाएको आचीलाई पनि निकै बासनायुक्त भन्न पनि सकिदैन । अहिले नेताहरुमा देखिएको व्यक्तिवाद रुपान्तरण नै नहुने खालको छ भनिहाल्न पनि सकिदैंन । समाजवादको गोलका लागि भएका प्रयास र अभ्यासमा कहि कतै व्यक्तिवाद र परिवारवादी भइएको छ भने रुपान्तरणका लागि तयार छौं भनेर नेताहरुले भन्नै पर्दछ । देशको भन्दा, कार्यकर्ता र जनताको भन्दा आफू र आफ्नो परिवार वरीपरि मात्र केन्द्रीत हुने व्यक्तिवादी जडतासँग जुध्न कठिन छ । तर यो काम नआँटने हो भने यात्रा तिव्र अराजकताबाट कुनै पनि बेला दुर्घटनामा पर्न सक्छ । नेकपा र नेपाली कांग्रेस लगायत अन्य साना ठूला दलले २०७६ लाई लोकतान्त्रिकरणको बर्ष घोषणा गर्न पनि जरुरी छ ।

सरकारमा जाने मन्त्रीहरुमा अराजकता हुने, पार्टीका अन्य नेता र कार्यकर्तामा रोग सरुवा हुने, कर्मचारीतन्त्रमा अराजकता हुने, ट्रेड युनियनमा अर्थवाद र राजनैतिक धङधङी हावी हुने, जनताले राहत अनुभुति गर्न नपाउने स्थिति आउने, दलाल पुँजीवादबाट अर्थतन्त्र कब्जा गर्ने प्रयास हुने, विदेशीहरुको प्रभाव र हैकम बढाउने प्रयास हुने, शिक्षा र स्वास्थ्य लगायतको मुख्य सामाजिक उत्तरदायित्वमा चरम अन्यौलता उत्पन्न हुने, व्यक्तिगत स्वार्थकै लागि विकास आयोजनाहरु प्रभावित हुने, मुलुक असारे विकासको शरणमा गै रहनुपर्ने, स्रोत साधन सिमित पहुँचवालाहरुकै वरीपरी केन्द्रित गर्ने, आफनो मनोमानिलाई सामाजिक न्याय ठान्ने तथा विधि, नीति र पद्दति नखोजेर तदर्थवादमै चल्न र चलाउन रमाउने लगायतका नकरात्मक प्रवृत्तिलाइ नेतृत्वसँगै जोड्ने गरिएकोले मुख्यत नेतृत्व तहबाटै तहगत शुद्धिकरणको थालनी हुन वाञ्छनीय छ । यो सत्य हो की दलहरुको सहि शुद्धिकरण बिना राज्यसत्ता जनमैत्री हुँदोरहेनछ । देशलाई सोच्ने नेताहरु भएनन् ! र नेता विग्रिसकेछन’’ अन्यथा सोचौ भन्नेस्थिती २०७६ ले सहन गर्ने छैन ।  त्यसकारण नया बर्षलाई मुख्यत शुद्धिकरणको बर्ष बनाउन सक्नुपर्दछ । विधिको व्यवस्थापनबाटै सबैको रुपान्तरण गराएर समाजवादतर्फ अघि नबढी सुखै छैन । ब्यक्तिबादी क्यान्सर राखेर स्वस्थ भएको एैलानलाइ अब कसैले पत्याउने वाला छैन । प्रमुख राजनैतिक दलका अध्यक्ष र देशको कार्यकारी प्रधानमन्त्रीले तामा, तुलसी र बरपिपलको प्रसङ्ग ल्याउनु निकै अर्थपूर्ण छ । शायद इतिहासको यो बस्तुगत आवश्यकतालाई सम्बोधन गर्दै २०७६ ले स्वदेश तथा विदेशका सबै नेपालीलाई समाजबाद तर्फको यात्रामा इमान बन्न उत्प्रेरित गर्नेछ ।

वि.सं.२०७६ वैशाख १ आइतवार १४:०७ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...