back

हाइड्रो पावरका मजदुर चढेको बस दुर्घटना हुँदा तीनको मृत्यु ३१ घाईते

वि.सं.२०७६ वैशाख १ आइतवार

42 

shares

१ बैशाख, सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ उष्ण प्रदेशीय बागवानी नजीक आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरी जिल्ला रामधुनी नगरपालिका–९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका–६ का २५ वर्षीय बबली उराउ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गरेर बा३ख १३१८ नंको बस रिजर्भ गरेर घर फर्किंदै गर्दा आज बिहान साढे ४ बजे उनीहरु दुर्घटनामा परेका हुन् । दुर्घटना तीव्र गतिका कारण भएको जिल्ला प्रहरी ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीले बताए । तीव्र गतिमा रहेको बसको स्टेरिङ मोड्दा सडक छेउको रूखमा ठोकिन गई दुर्घटना भएको उनले बताए ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

वि.सं.२०७६ वैशाख १ आइतवार १४:०४ मा प्रकाशित

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...