back
CTIZAN AD

२०७५ सालमा चितवनमा मात्रै १५५ जनाको दुर्घटनामा मृत्यु

वि.सं.२०७६ वैशाख २ सोमवार

591 

shares

२ वैशाख, चितवन ।  जिल्लाका विभिन्न स्थानमा विसं २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २३५ गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या, मृतक र घाइते बढेको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष २८९ दुर्घटनामा १३० को मृत्यु भएको थियो भने २२३ गम्भीर घाइते भएका थिए ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले अत्याधिक सवारी चाप बढेका कारण दुर्घटना बढेको बताए । चोक चोकमा प्रहरी जनशक्ति परिचालन गर्न नसक्नु र प्रविधिको अभावका कारण दुर्घटना न्यूनीकरण गर्न नसकिएको प्रहरीको भनाइ छ । प्रहरीले सवारी चालक अनुशिक्षण, नियम पालना नगर्नेलाई जरिवाना, विद्यार्थीलाई ट्राफिक जनचेतना शिक्षा, ट्याम्पो चालकको स्वास्थ्य परीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, सडकमा गरिने पार्किङ व्यवस्थित गर्ने काम गरिरहेको उनले बताए ।

देशकै मध्यभागमा पर्ने यस जिल्लामा पूर्वपश्चिम राजमार्गसँगै पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा सवारीको निकै चाप हुने गर्दछ । ग्रामीण क्षेत्रमा पक्की सडक बनेसँगै युवा तन्नेरीले मोटरसाइकल र गाडी तीव्र गतिमा चलाउँदा दुर्घटना बढ्दै गएको छ ।

वि.सं.२०७६ वैशाख २ सोमवार १०:५० मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...